Slider

पत्रकार घिमिरे पुरस्कृत

बुटवल, २८ माघ ।
पश्चिम नेपाल बस व्यवसायी संघको २३ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिबेशनका महत्वपुर्ण कार्यक्रमहरु आज सकिएपनि नया नेतृत्वका लागि भोली मतदान हुने कार्यक्रम रहेको छ ।
आज बुटवल मण्डपमा संघको साधारण सभा तथा अधिबेशनको उदघाटनका अवसरमा संघले नया पत्रिका दैनिकका ५ नम्वर प्रदेश ब्युरो प्रमुख विष्णु घिमिरेलाई पुरस्कार तथा सम्मान गरेको छ । घिमिरेलाइृ पुर्वअर्थमन्त्रि तथा एमाले उपमहासचिव बिष्णु पौडेल र संघका अध्यक्ष दधिराम खरेलले नगद सहित सम्मान गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस