स्थानिय

बुटवलको प्रदर्शनलाई बृहत्त बनाउन दिनहु बैठक: जनसागर उतार्ने काँग्रेस नगरसमितिको दावी

बुटवल ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुटवललाइ स्थाइ राजधानी तोक्न माग गर्दै माघ ३ गते गर्न लागीएको बृहत जनप्रदर्शन तथा सभालाइ सफल बनाउन सक्रियताका साथ लाग्ने निर्णय गरेको छ ।समितिको आज बुटवलमा बसेको बैठकले रुपन्देहीलाइ स्थाइ राजधानी तोक्न माग गर्दै पार्टीले माघ तीन गते बुटवलमा गर्न लागेको बृहतजनप्रदर्शन तथा सभामा सफल बनाउन जनसागर उतार्नेनिर्णय गर्दै कार्यक्रममा सहभागी हुन सबैलाइ आग्रह समेत गरेको हो ।
त्यसकालागि नगरका सबै वडा कमिटि, नगर भित्र क्रियासील भातृ, भगिनी तथा पेशागत संघसंगठनलाइ सक्रियताका साथ तयारी अगाडी बढाउन नगरसमितिले निर्देशन दिएको छ । काँग्रेस बुटवल नगरसमितिले शुक्रबारको बैठकलाइ माघ ३ गते गर्ने भनिएको जनप्रदर्शनको तयारीकै  स्वरुपमा छलफलकालागि जिल्ला कार्यसमिति सहित सबै क्षेत्र र नगर  कमिटि सहित,महासमिति, प्रदेश संसदिय दलका नेता तथा सभासदहरु,महाधिवेशन प्रतिनिधि तथा पुर्व सभापतीहरु,  भातृ, भगिनी तथा पेशागत संघसंगठन सहित आम कार्यकर्तालाइ समेत  बैठकमा सहभागी गराएको थियो । बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरुले स्थाइ राजधानी बुटवललाइ गराउन माग सहित गर्न लागीएको दवाव मुलक जनप्रदर्शन तथा सभालाइ सफल बनाएरै छाडने प्रतिवद्धता जनाए । बुटवल नगर सभापती खेलराज पाण्डेको सभापतीत्वमा बसेको बैठकमा  जिल्ला सभापती अब्दुल रज्जाकले माघ तीन गते काँग्रेस रुपन्देहीले बुटवलमा गर्ने जनप्रदर्शन तथा जनसभालाइ सफल पार्ने गरी तयारी थाल्न निर्देशन दिनुभयो ।
 जनसंख्या,विकास, सम्भावना र सुगमताका दृष्टिकोणले स्थाइ राजधानीकालागि बुटवलको बिकल्प नभएकाले बुटवललाइ नै स्थाइ राजधानी तोक्नु पर्नेमा सभापती रज्जाकले जोड दिनुभएको हो । कार्यक्रममा महासमिति सदस्य युवराज गीरी, प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेल,पुर्व सभापती रामचन्द्र ढकाल, उपसभापति फणिन्द्र शर्मा, क्षेत्रीय सभापति प्रेम फौजदार, नेता महेशमान सिंह,नगर समिटिका सचिव ज्योती भण्डारी लगायतले बोल्दै  नेपाली काँग्रेस नेतृत्वको तत्कालिन सरकारले तोकेको प्रदेश ५ को राजधानी बुटवललाइ स्थाइ राजधानी कायम गर्न माग गर्नुभयो । बुटवलाइ स्थाइ राजधानी कायम गर्न प्रदेश सरकारले आलटाल गरेको भन्दै उहाहरुले बुटवलबाट राजधानी सार्ने षणयन्त्र गरीए त्यसको परिणाम ठिक नहुँने चेतावनी दिनुभयो ।

प्रतिकृया दिनुहोस