खेल/मनोरंजन

उजिरसिह वडा स्तरीय क्रिकेट प्रतियोगिता: आज वडा नं. १० र वडा नं.१ विजयी

स्वस्तिक श्रेष्ठ
बुटवल ।
बुटवलमा जारी उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ अन्तरगत आज   शुक्रबार भएको खेलमा वडा नं. १० र वडा नं. १ विजयी भएका छन । वडा नं. १० ले वडा नं. ११ माथि ३ रन तथा वडा नं. १ ले वडा नं. १३ ए माथि १ सय ४२ रनको जित निकालेको हो ।
टस जितेर फिल्डिङ्ग रोज्दै ब्याटिङ्गको निम्तो दिएपछि मैदान छिरेको वडा नं. १० ले १६ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि गजेन्द्र गुरुङ्गले २७ तथा विवेक शर्माले २० रन जोडेका थिए । वडा नं. ११ का केशव पौडेलले ३ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ११ का ब्याट्सम्यानहरु १२.५ ओभरमा १ सय ९ रनमा समेटिएको थियो । उसका लागि सुभाष विकले ४४ र देबेन्द्र सोमरेले २९ रनको योगदान दिएका थिए । वडा नं. १० का अभिषेक ठाकुरले ३ तथा सुधन श्रेष्ठले २ विकेट लिएका थिए । खेलमा वडा नं. १० क सुधन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि आज भएको अर्को खेलमा टस जितेर वडा नं. १३ ए ले ब्याटिङ्गको निम्तो दिएपनि मैदान छिरेको वडा नं. १ का ब्याट््सम्यानहरुले १६ ओभरमा केवल ३ विकेटको नोक्सानीमा १ सय ९५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि बिनोद रणपालले ४५ बलमा ८७ नटआउट तथा सैलेश श्रेष्ठले ४९ रनको योगदान दिएका थिए । वडा नं. १३ ए का निर्दोष खत्री र कमल गौडेलले समान १–१ विकेट लिएका थिए ।
विशाल लक्ष्य पछ्याएको वडा नं. १३ ए १५.३ ओभर खेल्दै केवल ५३ रनमा समेटिएको थियो । उसका लागि विवस पौडेलले ११ र शिशिर रानाले १० रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । बिनोद रणपालले ४ तथा विसव रणपालले २ विकेट लिएका थिए । वडा नं. १ का विनोद रणपाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

प्रतिकृया दिनुहोस