राष्ट्रिय

विवेकशील साझा फुट्यो: रञ्जु दर्शनादेखि प्रदेशसभाका २ सदस्य सहित उज्वलको नेतृत्वमा दल दर्ता

काठमाडौं ।
विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल समेत १६ जना केन्द्रिय सदस्यको नाम राखेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको छ ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि थापा समूहले नयाँ दल गठन गरेको हो ।

 

प्रतिकृया दिनुहोस