राष्ट्रिय

प्रदेस ५ मा गाडी खरिद: कडा रुपमा छानविन गर्ने सार्बजनिक लेखा समितिका सभापतिको दाबी

श्यामलाल पोखरेल
बुटवल।
प्रदेश नम्बर ५ मा गाडी खरिदमा अनियमितता भएको विषयले देशभर चर्चा पाएको छ । प्रदेश सरकारको सचिवालयले खरिद गरेका गाडिमा ठूलो आर्थिक चलखेल भएको समाचारहरु आएपछि गाडी प्रकरणले चर्चा पाएको हो । गाडी खरिदमा भएको आर्थिक भ्रष्टाचार भयो भन्ने विषयको समाचारले अहिले सत्ता पक्ष र प्रमुख प्रतिपवक्षसहित सार्वजनिक लेखा समितिमा बहस नै चलेको छ । गाडी खरिदमा आर्थिक अनियमतिता भएको भए नियम पूर्वक आवश्यक कारवाही गरिने प्रदेश नम्बर पांच सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताउनुभएको छ ।

सभापति चौधरीले प्रदेश सचिवालयले खरिद गरेका गाडीको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने बताउनु भयो । गाडी खरिदमा अनियमितता भएको नभएकोबारे कडा रुपमा छानविन गरिने र त्यसका लागि लेखा समितिको ध्यानकेन्द्रित भएको बताउनु भयो । रिपार्टर्स क्लवले आज  बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति चौधरीले गाडी खरिदमा लेखा समितिको कूनैपनि संलग्नता नभएको बताउनु भयो। सभापति चौधरीले छानविनका लागि गाडी खरिद गरिएका सबै कागज पत्र झिकाइएको बताउनु भयो । गाडी खरिदमा अनियमितता भएको समाचार नआउंदै आन्तरिक रुपमा लेखा समिति गाडी खरिद प्रक्रियाको व्रिफिङमा रहेको बताउनु भयो। कसैप्रति बायस नबनी कडा रुपमा छानविन गरी जे हो त्यो बारिक ल्याउने र दोषी कसैलाई पनि छाड्न नमिल्ने बताउनु भयो । उहाले आफुले प्रयोग गरेको गाडी ५ हजार किलो मिटर गुड्दा सकर बिग्रिएको बताउनुभयो । नेकपा संसदीय दल प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले गाडी खरिद प्रकृयामा आफ्नो र सफल अटोको कूनै  सम्बन्ध नभएको दावी गर्नुभयो । गाडी खरिद प्रकृयामा नाम जोडिएका प्रमुख सचेतक ढकालले प्रदेश सरकारले टेण्डर आह्वान गरेर नियमसंगत गाडी खरिद भएको र आफ्नो कूनै संलग्नता नभएको बताउनु भयो।  गाडी खरिद प्रकृयामा आफ्नो संलग्नतामा अनियमितता भएको ठहर भएमा कारवाही भोग्ने बताउनुभयो। राजनीतिक चरित्रहत्या गर्नेगरी समाचार आएको दावी गर्दै प्रदेश सरकारले सिप्रदीबाट गाडी खरिद गरेको र सफल अटोले गाडी विक्री नगरेको बताउनु भयो । उहाले गाडी खरिद प्रकृयाको छानविन गर्नका लागि नेकपाले सहयोग पुराउने बताउनु भयो । संघीय समााजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले गाडी खरिद प्रकृयाको उचित रुपमा छानविन गर्नुपर्ने बताउनुभयो। गाडी खरिदमा अनियमतिता तथा भ्रष्टारभए सत्ता पक्षबाट हुने भएकाले संसदमा प्रतिपक्षले चासो दिनुपर्ने बताउनुभयो । गाडी खरिद गर्दा आर्थिक अनियमितता भएको भन्ने समाचारले आफुलाई लज्जित गराएको उल्लेख गर्दै छानविनका लागि संसदमा कुरा उठाउने बताउनुभयो । उहाले जनताले आशा गरे अनुसार  सरकारले काम नगरेको बताउंदै राजनीतिमा नराम्रो छवि देखिएकाले नेताहरुको छविमा सुधार ल्याउन आवश्यक रहेको बताउनु भयो ।
क्लवका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको सभापतित्व र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस