स्थानिय

 प्युठानको भेडावारीमा ३ घर जलेर खरानी


प्यूठान । 
प्यूठान नगरपालिका वडा नं.८ धर्मावतीको भेडावारीमा गयराती आगलागी हुँदा ३ घर सहित एउटा गोठ समेत जलेर नष्ट भएको छ ।स्थानीयवासी रेनु नेपाली, काली नेपालीको घर जलेर खरानी बनेको छ भने बम्बु नेपालीको घर गोठ नै आगोले सखाप पारेको प्यूठान नगरपालिका नगर प्रमुख अर्जून कुमार कक्षपतिले जानकारी दिनुभयो ।दुई घण्टाको पैदलयात्रा  हिँडेर पुगेका युवाहरुले आगो नियन्त्रणमा लिइएको उहाले बताउनुभयो।
वडाअध्यक्ष लगायतको टोली अहिले पनि उद्धारमा खटिरहेका छन् । अग्निपीडितलाई नगरप्रमुख सहितको टोलीले राहत वितरण गर्ने बताएका छन् । क्षतिको विवरण आई सकेको छैन । अगलागी हुनुको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस