अर्थ/वाणिज्य

लुम्विनीमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सुरु


लुम्विनी ।
नेपालमा पहिलोपटक लुम्विनीमा  ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका १५० बढीपर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।
मार्टमा बिजनेश टु बिजनेश मिटिगं सहित बुद्ध पर्यटन प्रवद्र्धनका बिबिध पक्षका सम्वन्धमा छलफल हुने छ ।
मार्टको आज बिहान लुम्विनीमा एक समारोहका बीच सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रि रबिन्द्र अधिकारीले उदघाटन गर्नु भयो ।
कार्यक्रममा प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्रि लिला गिरी, लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र, अन्र्तराष्टिय टाभल संघका आशिष गुप्ता , सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटा, अष्टेलियाका प्रतिनिधि स्टेस कैमिसी , भिजिट नेपाल२०२० का संयोजक सुरज बैद्य लगायतले बोल्नु भएको थियो ।
भोली सम्म चल्ने मार्टमा मार्टका सहभागिहरुलाई, तानसेन तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने छ ।

 

प्रतिकृया दिनुहोस