स्वास्थ्य/शिक्षा

मेल्भिन दिवसमा लायन्स मखमलीद्धारा फ्रि डायबेटिज क्याम्प

बुटवल ।
लायन्सका जन्मदाता मेल्भिन जोनका १ सय ४० औ स्थापना दिवसलाई लायन्स क्लब अफ बुटवल मखमलीले सप्ताहब्यापी कार्यक्रम गरि मनाएको छ ।  क्लबले मधुमेह सम्बन्धि सचेतना जगाउने उद्येश्यका साथ फ्रि डायबेटिज क्याम्प संचालन गरेको थियो । मंगलम पोलीक्लिनिक र पशुपति टोल विकास संस्थाको सहयोगमा संचालन भएको क्याम्पमा ५५ जनाको निशुल्क जाच (फाष्टिक)गरिएको कार्यक्रमको डाईबिटिज ब्यवस्थापन डिष्टिक चिफ प्रतिभा श्रेष्ठले बताउनु भयो । समयमा उपचार पाए मधुमेह रोकथाम हुने भएकाले पनियसबारेमा सचेतनाजगाउन जरुरी रहेको उहाले बताउनु भयो ।कार्यक्रममा एरिया चिफ कोअर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, कमला जिसी, कमला खत्रीले सामाजिक सेवामा क्लबबाट धेरै राम्रा कामहरु भएको बताउनु भयो ।
महिलाहरु आवद्ध रहेको क्लबले वर्षभरि नै लायन्स क्लबको उद्येश्य सफल बनाउने गरि कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष प्रिया गुरुङ्गले बताउनु भयो  । यसअघि दिवसको अवसरमा अनाथ सहयोग कार्यक्रम अन्तरगत मिलनचोक स्थितमानव सेवा आश्रममा आश्रितहरुलाई निशुल्क खाना खुवाउने तथा देविनगरस्थित नेपाल अपाङ्ग आश्रमलाई अक्षयकोष स्थापना गर्न रु १० हजारका साथै फलफुल र खानाखुवाउने कार्यक्रम समेत गरिएको उहाले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस