अर्थ/वाणिज्य

कृषि विकास बैंकद्वारा कृषि क्षेत्रबाहेक ३८ क्षेत्रमा लगानी

श्यामलाल पोखरेल

बुटवल ।

कृषि विकास बैक नेपाल सरकारको स्वामित्वमा सञ्चालित बैंक हो । नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त कृषि विकास बैंक हो । कृषि क्षेत्रलाई बढी प्राथमिकता दिंदै आएको बैंकले अहिले विभिन्न ३८ क्षेत्रमा लगानी गर्दै आएको छ । कृषि विकास बैंकले कृषि बाहेक अन्य क्षेत्रमा पनि लागनी गर्ने गरेको छ । कृषिलाई पहिलो प्राथिमिकता दिंने उद्वेश्यले स्थापना गरिएको बैंकले धेरै क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । कृषि क्षेत्रबाहेक व्यापार, उद्योग, सेवा तथा पर्यटन क्षेत्रकमा पनि बैंकले लगानी गरेको कृषि विकास बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मिनराज पोखरेलले जानकारी दिनुभयो । कृषि विकास बैंकले कृषि क्षेत्रबाहेक अन्य ३८ वटा विभिन्न क्षेत्रमासमेत बैंकले लगानी गर्दै आएको बताउनु भयो । बैंकिङ सेवा अन्तर्गत भिसाकार्ड, स्र्माट बैंकिङ, बैंक ग्यारण्टी, विमा खाता, लकर सेवा लगायत अन्य थुप्रै सेवाहरु कृषि विकास बैंकबाट सेवा प्रदान गरिएको छ । कृषि विकास बैंक अन्तर्गत देशभरका सबै शाखाहरुबाट सर्वसाधारण नागरिकका लागि सबै प्रकारका सेवाहरु उपलब्ध गराइएको बैंकका क्षेत्रीय निर्देशक पोखरेलले बताउनु भयो । कृषि विकास बैंक भएकाले कृषिको लागि मात्र लगानी हुन्छ  अन्य क्षेत्रमा लगानी हुंदैन भनेर भ्रममा नर्पन उहाले आग्रह गर्नु भएको छ । सबै नागरिकको लागि सहज रुपमा सेवा प्रदान गरिएको र व्याजदर पनि सहुलियत रहेको निर्देशक पोखरेलले बताउनु भयो  । कृषिमा बैंकले ११ प्रतिशत व्याजमा लागनी गर्ने गरेको र त्यसमा ५ प्रतिशत सरकारले कृषिको लागि अनुदान दिएकाले सेवाग्राहीलाई ६ प्रतिशत व्याजमा ऋण उपलब्ध गराईएको बताउनु भयो  । कृषि विकास बैंकले कृषि क्षेत्रमा ३६ प्रतिशत लगानी गरेको र ६४ प्रतिशत लगानी अन्य क्षेत्रमा लगानी भएको बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विद्यालयलाई सहयोग र आर्थिक रुपले विपन्न परिवारका विद्यार्थीलाई आवश्यक अनुसार शैक्षिक सामाग्री वितरण, खानेपानी संस्थाहरुलाई सहयोग, स्वास्थ्य चौकीहरुलाई आर्थिक तथा भौतिक सहयोग, पिछडीएको वर्ग तथा समूदायलाई कृषि विकास बैंकले सहयोग प्रदान गर्दै आएको क्षेत्रीय निर्देशक पोखरेलले जानकारी गराउनु भयो ।

प्रतिकृया दिनुहोस