स्थानिय

नेकपाको बिवाद स्थानीय तहमा सर्दै,सुद्धोधनमा कार्यकर्ताको भेला:सच्चिन नेतृत्वलाई सुझाव

बुटवल ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता पश्चात अहिले नेकपाका स्थानीय तहमा कमिटी बिस्तार भई सपथ ग्रहण र प्रतिवद्धताका कार्यक्रमहरु भईरहेका छन । रुपन्देहीका धेरै जसो स्थानीय तहमा सपथ ग्रहण र प्रतिबद्धताको कार्यक्रम सकिएको छ । केही बाकि स्थानीय तहमा पनि तयारी भईरहेको छ ।
पार्टी कमिटी गठनमा पारदर्शी नभएको, गुटलाई प्रश्रय दिईएको, क्षमतावान नेताहरुलाई जिम्मेवारी बिहीन बनाएको जस्ता केन्द्रमा उठेका बिषय अहिले जिल्ला हुदै स्थानीय तहसम्म आई पुगेका छन । व्यक्तिगत रुपमा असन्तुष्ठि जनाउने गरीरहेका नेता कार्यकर्ताहरुले सामुहिक भेला र बैठक गरेर समेत असन्तुष्ठि जनाउन सुरु गरेका छन । रुपन्देहीको सुद्धोधन गाउपालिकाको साबिकको सौ फर्साटिकर, खडवा बनगाई, मानपकडी र मानमटेरीयाका तत्कालिन नेकपा एमालेका संगठित सदस्यहरुको भेला आज सुद्धोधन गाउपालिकाको वडा नम्वर ४ फर्साटिकरमा सम्पन्न भएको छ । तत्कालिन एमालेका संगठित कार्यकर्ताहरुको भेला भनिएपनि भेलामा तत्कालिन एमालेका असन्तुष्ठ समुहका नेता कार्यकर्ताको बढी सहभागिता रहेको थियो ।
भेलाले परिवर्तित परिस्थिति अनुरुप पार्टी नेतृत्व प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र जनभावना बिपरीत अगाडी बढेको ठहर गर्दै असन्तुष्ठि व्यक्त गरेको छ ।
भेलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकिकरण तथा कमिटीहरु समायोजन प्रक्रियामा बिधिवत ढंगबाट तत्कालिन गाउ कमिटी एवं स्थानीय स्तरका पार्टीका जिम्मेवार सदस्यहरुसंग कुनै प्रकारको सरसल्लाह एवं जानकारी नगराई मनोमानी ढंगले नीति तथा बिचार प्रमुख नठानी व्यक्ति प्रमुख ठानेर स्थानीय तहमा गाउ कमिटी गठन गरेको कुरा फेशबुक र समाजिक सञ्जाल मार्फत जानकारी हुनु आएकाले कार्यकर्ताको मान मर्दन भएको ठहर गरेको छ ।
त्यसरी गठन गरीएका कमिटीका पदाधिकारी सदस्यहरुको सपथ समेत समित व्यक्तिहरुलाई मात्रै बोलाई कार्यक्रम गर्दा समग्र कम्यूनिष्ट आन्दोलनको खिल्लि उडेकाले तत्काल यस्ता गतिबिधि रोक्न र बिधि प्रक्रियाबाट अघि बढन पार्टी नेतृत्वलाई भेलाले आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस