खेल/मनोरंजन

मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवलले बटौली दौड तथा दोस्रो फुटसल आयोजना गर्ने

बुटवल ।
मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिका कमिटिले चौथौ बटौली ५ हजार मिटर अन्तर मावि स्तरीय दौड प्रतियोगिता २०७५ एवं दोस्रो मदन भण्डारी अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता २०७५ गर्ने भएको छ ।
आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको कमिटिका अध्यक्ष विकास बस्नेतले जानकारी दिनुभयो ।  माघ २७ गते शुक्रबार बुटवलको योगीकुटीबाट शुरु हुने दौड मिलन चोक, ट्राफिक चोक हुदै नेबिल बैक हुदै ट्राफिक चोकमा पुगेर सकिने छ । दौडको छात्र÷छात्राको उपाधि विजेताले नगद १० हजार मेडल प्रमाणपत्र, दोस्रोले ६ हजार, मेडल प्रमाणपत्र, तेस्रोले नगद ४ हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष बस्नेतले बताउनु भयो ।
त्यस्तै माघ २ गतेदेखि दोस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगिताको उपाधि विजेताले नगद २२  हजार २ सय २२, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ११ हजार १ सय ११ नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि एक जना उत्कृष्ट खेलाडीलाई नगद २ हजार २ सय २२ मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने फुटसल संयोजक मदन अर्यालले बताउनु भयो ।
गतवर्ष न्यु होराईजन विजेता रहेको थियो ।
यसैगरि खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद ११ हजार १ सय ११, प्रमाणपत्रबाट सम्मान गरिने कार्यक्रम पनि राखिएको छ  । प्रत्येक २–२ वर्षमा पुरस्कार प्रदान गर्ने गरि कोष स्थापनाको समेत तयारी गरेको उहाले बताउनु भयो ।
सचिवालय सदस्य केशव रोक्का, सल्लाहकार अमृत गिरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, सल्लाहकार योगेन्द्र गौतम, वरिष्ठ उपाध्यक्ष दिनेश थापा लगायतले पत्रकार सम्मेलनमा बोल्नु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस