अर्थ/वाणिज्य

सहकारी बैंकमा नया नेतृत्व:अध्यक्षमा काठमाण्डौका उप्रेती र सदस्यमा तिलोत्तमाका देवकोटा

बुटवल ।
राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज काठमाण्डौमा सम्पन्न भएको छ ।
हिजो र आज दुई दिन काठमाण्डौमा भएको साधारण सभाले केवि उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै चार वर्षे कार्यकालका लागि  उप्रेती अध्यक्षमा चयन हुनु भएको छ । उप्रेतीले ३ हजार ४ सय १५ मत ल्याइ विजयी भएका हुदा उहाका प्रतिष्पर्धी घिमिरेले २ सय ३६ मत ल्याउनु भएको छ।
निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य पदमा भने निर्विरोध निर्वाचित भएका हुन् । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, सातजना प्रदेश सञ्चालक र ३३ प्रतिशत महिला सञ्चालक र ३ जनाको लेखा समितिमा नयाँ नेतृत्व आएको  छ ।

त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित हुनु भएको छ ।

चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा तिलोत्तमा बहुमुखी सहकारी सस्था रुपन्देही तिलोत्तमाका अध्यक्ष माधवलाल देवकोटा सहित केदार मानन्धर, ध्रुववनारायण यादव र रामहरि बजगाई निर्वाचित हुनु भएको छ ।
बैंकका २२ पदमध्ये अन्य पदमा निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन समितिका अनुसार प्रदेश १ बाट महेन्द्र गिरी, प्रदेश २ बाट विश्वनाथ मण्डल, प्रदेश ३ सञ्चालकमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, प्रदेश ५ बाट विजया धिताल, सुदूरपश्चिमबाट शिवा थापा निर्वाचित हुनु भएको छ । महिला सञ्चालकतर्फ सरिता तिम्सिना भट्टराई, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित हुनु भएको छ ।
बैंकको लेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती, लेखा सदस्यमा तारा गुरुङ र शिवराज ढवाडी निर्वाचित हुनु भएको छ ।
साधारण सभाको हिजो काग्रेस केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उदघाट गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस