अर्थ/वाणिज्य

भिजन लुम्बिनीको साधारण सभा:सामुहिकलगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्छ:मन्त्री गिरी

बुटवल ।
 उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी प्रदेश सामुहिक लगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्न सक्ने बताउनुभएको छ ।
आज बुटवलमा सम्पन्न भिजन लुम्बिनी लिमिटेडको तेस्रो साधारण सभा तथा सेती नदी जलविद्युत आयोजनाबारे बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले ससानो पुजी संकलन र उपयोगका लागि समेत सामुहिक लगानीको अभ्यास आवश्यक रहेको बताउनुभयो । मन्त्री गिरीले धेरै जनाको सीप, ज्ञान र रकमले ठूला आयोजनामा समेत हात हाल्न र सफलता पाउन सकिने भएकाले त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनुभयो । उर्जा देशको सबैभन्दा आवश्यक र लगानीको अवसर भएको बताउदै उहाले त्यसमा बुटवलवासी पनि संलग्न हुनु खुसीको कुरा रहेको टिप्पणी गर्नुभयो । उर्जा वीज्ञ गणेश प्रसाद श्रेष्ठले उर्जा र त्यसको लगानीको अवसरबारे बताउनुभयो । सामुहिक लगानीबाट जलविद्युत निर्माण गरिदा धनी व्यक्ति मात्रै होइन सर्वसाधारण व्यक्तिले समेत मुनाफा कमाउन सक्ने बताउनुभयो ।
अर्का उर्जा वीज्ञ आइपी तिवारीले सेतीखोला जलविद्युत कम लगानीमा बन्ने र धेरै फाइदा दिने भाग्यमानी परियोजना भएको बताउनुभयो । यस्तोमा सामुहिक लगानी हुदा एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्य हुने उहाले बताउनुभयो ।  कार्यक्रममा उर्जा वीज्ञ श्याम भुसालले जलविद्युतको अवस्था र भावी सम्भावनाबारे प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माछापुछ्रे गाउपालिका प्रमुख कर्ण गुरुड। ,भिजन लुम्बिनीका सल्लाहकार दिलीप भट्टराई , पूर्व प्रशाशक रुद्रनाथ बश्याल, बालकृष्ण पन्थी लगायतले शुभकामना दिनुभएको थियो । यसअघि संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक मीनप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभयो । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न भिजन लुम्बिनीमा करिब एक हजार सदस्य छन् । भिजन लुम्बिनीले एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण गर्दै छ । करीब  पाच अर्ब रुपैया लागतको सो आयोजनाको झण्डै २ महिना अघि नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता भएको छ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कास्कीको माछापुच्छ्रे गाँउ“पालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ । अध्यक्ष पोखरेलले लामो समयदेखि बगीरहेको सेतीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण शुरु गरेको बताउनुभयो । छरिएर रहेको सानो सानो पु“जीलाई एकिकृत गरी सामुहिक लगानीबाट रोजगारी बढाउन भिजन लुम्बिनीको स्थापना भएको हो । कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, पर्यटन विकास, व्यापार व्यवसाय, जलविद्युत तथा उर्जा, सञ्चार, अध्ययन अनुसन्धान तथा जनसम्पर्क लगायतका ९ वटा विषयमा काम गर्ने यसको लक्ष्य रहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस