स्थानिय

नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि दाहाल भोली बुटवल आउने

बुटवल ।
नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड भोली आइतवार बुटवल आउनु हुने भएको छ ।
बरिष्ठ पत्रकार कर्ण बहादुर कार्कीले प्रकाशित गर्न लाग्नु भएको पाक्षिक म्यागेजिन लोक अभियानको बिमोचनका लागि अध्यक्ष दाहाल भोली बुटवल आउन लाग्नु भएको हो ।

साढे १२ बजे बुटवलको इट्टाभट्टी स्थित एसियन पार्टी प्यालेसमा म्यागेजिनको बिमोचन हुने म्यागेजिनका प्रधान सम्पादक तथा प्रकाशक कार्कीले जानकारी दिनुभयो ।
पार्टीअध्यक्ष तथा पुर्वप्रधानमन्त्रि दाहाल बुटवल आउने निश्चत भएको नेकपा रुपन्देहीका कार्यदल सदस्य अनुप बरालले पनि बताउनुभयो  । पार्टीले पनि भेटघाट कार्यक्रम राख्ने उहाले बताउनु भयो ।


 

प्रतिकृया दिनुहोस