स्थानिय

वडाअध्यक्ष खुसदेव न्यौपाने माथि भएको कुटपिटको नगरपालिकाद्धारा भ्रत्सना,दोषिलाई कारबाहीको माग


तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाले वडा नं. ६ का वडाध्यक्ष तथा नगरपालिका अन्तर्गतको नदीजन्य पदार्थ उत्खनन्, व्यवस्थापन तथा अनुगमन समिति संयोजक सुखदेव न्यौपानेलाई वडा नं. ६, गोरकट्टा स्थित न्यू सुपर नमूना रोडा उद्योगका सञ्चालक नेत्र खरेलले गरेको कुटपिट तथा दुव्र्यवहारको घोर निन्दा र भ्रत्र्सना गरेको छ ।
नगरपालिकाको कार्यपालिकाको आजै बसेको बैठकले नदीजन्य पदार्थको विषयमा वडा  वडाध्यक्ष न्यौपानेलाई गरेको कुटपिट तथा दुव्र्यवहारको नगरपालिकाले घोर निन्दा र भ्रत्र्सना गर्दै दोषीलाई कानुनी कारवाही गर्न प्रहरी÷प्रशासनसमक्ष माग गरेको छ ।
नगरकार्यपालिका कार्यालय परिसरमा नदीजन्य पदार्थको विषयमा कुराकानी भैरहँदा खरेलले वडाध्यक्ष न्यौपानेमाथि एक्कासी कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको नगरपालिकाको ठहर छ । तिनाउ नदीबाट हुने गरेको गिट्टी, ढुंगा, बालुवाको अवैध उत्खनन्, चोरी–निकासी विरुद्ध निर्भिकताका साथ निरन्तर अनुगमनमा सक्रिय रहँदै आएको समितिका संयोजकमाथिको आक्रमण सिङ्गो नगरपालिका माथिको आक्रमण हो भन्ने हाम्रो ठहर छ बैठक पश्चात नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाद्धारा जारी बिज्ञप्तिमा भनिएको सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि कानुन हातमा लिइ गरिएको आक्रमणले  सिङ्गो नगरपालिकाको ध्यानाकर्षण भएको छ । साथै सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिलाई धम्काउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने प्रवृत्तिका विरुद्ध आमनगरबासी महानुभावहरुलाई सधैं सचेत रहन आह्वान गर्दछौं ।
नदीजन्य पदार्थको अवैध उत्खनन्, चोरी–निकासी र कर छली जस्ता विषयमा थप संवेदनशील बनिदिन सम्बद्ध पक्षलाई आग्रह गर्दै नगरपालिका अन्र्तगतको अनुगमन समिति अझै दृढताका साथ क्रियाशील रहने व्यहोरा सबैमा अनुरोध छ बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस