अर्थ/वाणिज्य

लुम्बिनी एक्स्पो सुरु,राष्ट्रिय अर्थतन्त्रको विकास गर्न उद्यमशिलता आवश्यक छ: मुख्यमन्त्री पोख्रेल

बुटवल ।
रुपन्देही व्यापार संघको आयोजनामा आजदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्रा्ष्ट्रिय व्यापार मेला सुरु भएको छ ।
 पुस १८ गते सम्म बुटवलमण्डपमा चल्ने मेलाको प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोख्रेलले उदघाटन गर्नु भएको छ ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ सुरु अन्तर्रा्ष्ट्रिय व्यापार मेलामा स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका ६ सय स्टल सहभागी रहेको संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले बताउनुभयो ।
 सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवले उद्यमशिलताको विकास गर्न सक्नुपर्ने बताउनु भयो । समय–समय हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्याम मात्र बन्ने दावी गर्नुभयो ।
‘मेला÷महोत्सवहरूले उद्यमशिलताको विकास गर्न सकेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छ’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्नका उद्यमशिलता आवश्यक छ । होइन भने यस्ता कार्यक्रम अरू कसैका सामग्री विकाउने माध्याम मात्र बन्न सक्छन् ।’
पोखरेलले थप्नुभयो, ‘एकै वर्ष यस्ता महोत्सवहरू धेरै ठाउँमा गरेर उपभोक्तालाई बोझ बनाउन हुँदैन ।’ व्यापारको विस्तार गर्न पहिला ग्रामीण क्षेत्रको विकास गर्न आवश्यक रहेको पोखरेलले औंलाउनु भयो  । नेपालको उद्योग र व्यापार निर्वाहमूखी भएको भन्दै त्यसलाई प्रतिष्पर्धी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । मुलुकको विकास गर्नका लागि सपना देख्न आवश्यक रहेको बताउनु भयो।
‘कुनै पनि कुरा गर्छु भनेर पहिला सपना देख्न आवश्यक छ । तबमात्र विकास हुन्छ । त्यसैले अब हरेक क्षेत्रहरू उद्योग, पर्यटन, कृषि वित्त जस्ता क्षेत्रमा नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै नेतृत्व गर्न सक्ने क्षमतावान मानिसहरू जन्मिन आवश्यक छ’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो। संघीय सरकारले यसै वर्षदेखि पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खन्न सुरू गर्ने दावी गर्नुभयो  । ‘नेपालमा रेल आउछ पानी जहाज आउछ भन्दा कागज बनाएर उडाइयो’ पोखरेलले भन्नुभयो, ‘यसै वर्ष पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खनिने छ ।
राष्टिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देही नेपाल कै आर्थिक केन्द्र बन्ने प्रवल सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको स्थयी राजधानी घोष्णा गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।
  कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न परेरा,संघका सस्थापक अध्यक्ष मोतिराज ज्ञवाली,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अधइष यानेन्द्र जिसी, संघका  उपाध्यक्ष यमलाल लोहनी, महासचिव प्रकाश ढकाल लगायतले बोल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस