स्थानिय

अदालतमा बिचाराधिन मुद्धामा नगरपालीकाको हस्तक्षेप: रानीगनञ्जमा दर्जन घरटहरा भत्काइए

हरिश ढकाल
बुटवल ।
 बुटवल १७ रानीगन्ज स्थित जग्गाको स्वामित्व बिवादका कारण अदालतमा मुद्धा चलिरहेको एक बिवादित बस्तीमा रहेका करिब १ दर्जन घरटहरा बुटवल उपमहानगरपालीकाले भत्काएको छ । स्थानिय वडाध्यक्ष सन्तबहादुर राना, कासिराम अर्याल र हरिलाल न्यौपानेको छोरा दिपक न्यौपानेको नेतृत्वमा आएको समुहले भत्काएको स्थानियले आरोप लगाएका छन । सो बिवादित जग्गामा आज बिहिबार दिउँसो करिब १२ बजेतिर बुटवल नगरपालीबाट आएका नगर प्रहरी हौं भन्दै सेतो जीप र टेक्टर लिएर पुगेका एक समुहले ति घरटहरा भत्काएका हुन । आफ्नो घरटहरामा बसेका स्थानियलाई सुचना नगरी एक्कासी आई समुहले हसिंया, भाला, खुंडा, खुकुरी र टेक्टर प्रयोग गरि जवरजस्ती भत्काएको स्थानिय बासिन्दा नवमी थारुले बताउनु भयो ।
थारुका अनुसार एक्कासी नगरपालीकाको जिप माईकिङ्ग गर्दै आयो र बाहिर निस्कन नपाउँदै घर टहरामा आक्रमण गर्दै स्थानियहरुमाथि समेत जाई लागेर भत्काइ दियो ।  
आफ्नो बाबु घुरई थारुको जग्गामा घर बनाई बसेको र केही जग्गा आफुले बिक्रि बितरण गरेको केही जग्गामा घर टहरा बनाई बसेका अन्य मानिसको समेत घरजग्गा हडप्ने उद्देश्यले उनिहरुले पटक पटक दुःख दिएको र उक्त जग्गाको बिषयमा जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलिरहेको अवस्थामा जवरजस्ती हटाउन बुटवल उप महानगरपालीकाले सहयोग गरेको उनिहरुको आरोप छ । स्थानियहरु पीडितहरु भन्छन – हामी मुद्धा लडिरहेका छौं, नजितेसम्म लडिरहने छौं,  
यसबारेमा बुटवल उपमहानगरपालीकाका प्रबक्ता एवं छिमेकी वडाध्यक्ष रामप्रसाद रेग्मीले –केही मानिसले अर्कैंको जग्गामा घरटहरा बनाएको भन्ने सुचना प्राप्त भएको र हटाउन सहयोग गर्न भनि वडाबाट सिफारिस आएकोले नगरप्रहरीहरु बुझ्न र आवश्यक कार्य अघि बढाउनु भनि पठाइएको हो भन्नुभयो।
एक पक्षिय झगडियाको गलत सुचनाको आधारमा बिवादित जग्गामा अदालतबाट टुंगो नलाग्दै घर टहरा भत्काउन मानिस पठाइएको स्थानियहरुले आरोप लगाएका छन । नगरप्रमुख शिवराज सुबेदीले पनि के कसो हो बुझी आवश्यक कारबाही गर्नु भनि पठाएको स्विकार गर्नुभयो । उक्त स्थानमा रहेको जग्गा बिगत लामो समयदेखि बिवादित रहेकोले पटक पटक समस्या उत्पन्न हुने गरेको छ ।

 

प्रतिकृया दिनुहोस