खेल/मनोरंजन

स्मृति कप अन्तरविद्यालय फुटबलमा बिहीबार अरनिको र पामिर विजयी


बुटवल । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलमा अरनिको बोर्डिङ स्कूल भलवारी र पामिर इन्टरनेशनल एकेडेमी, तिलोत्तमा विजयी भएका छन् । अरनिको र मुनाल इङलिस बोर्डिङ स्कूलबीच भएको खेलमा अरनिको ४÷२ गोल अन्तरले विजयी भएको हो ।
त्यस्तैगरी पामिर र बुटवल मावि, बुटवलबीचको दोस्रो खेलमा पामिर २÷१ गोल अन्तरले विजयी भएको हो ।  आज शुक्रबार केपिएम गंगोलिया र बुटवल इलिट बोर्डिङ स्कूलबीच प्रतिष्पर्धा हुनेछ । शुक्रबार पहिलो चरणका सबै खेल पूरा हुने स्मृति स्पोर्टर्स क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक फोर नेशन इन्टरनेशनलन छ ।

 

प्रतिकृया दिनुहोस