बिबिध/कृषि

बुटवलमा खेतियोग्य जग्गा संरक्षण अभियान चलाइदै,धान भण्डारण गर्ने किसानलाई ५० रुपैया अनुदान


बुटवल ।
बुटवल उपमहानगरपालिकाले खेतियोग्य जग्गा संरक्षण अभियान चलाउने भएको छ ।
उपमहानगरपालिकाले खेतियोग्य जमिनलाई बाझो राख्न नदिन र थप प्लटिगं हुन नदिन किसानलाई बिभिन्न तालिम र अनुदानका कार्यक्रमहरु अघि सारेको छ ।
बुटवलको मुख्य बजार क्षेत्र व्यापारका लागि उपयुक्त भएपनि वडानम्वर १४ देखि १९ सम्मका ६ वटालाई केन्द्रित गरी व्यवसायीक तरकारी खेति, माहुरी पालन, च्याउ खेतिका तालिम, गरीवलाई निशुल्क तथा अनुदानमा बिभिन्न बालीका बिउ बितरण, निशुल्क माहुरीका घार बितरण, निशुल्क भुरा माछा बितरण लगायतका कार्यक्रम अघि सारेको कृषि शाखा प्रमुख भिमराज शर्माले जानकारी दिनुभयो ।
साबिकको मोतिपुर र सेमलार गाबिसमा पर्ने ६ वटालाई उपनगरपालिकाले कृषिमा बिशेष प्राथमिकता दिने योजना बनाउदै छ । आगामी वर्षको बजेटमा थप प्राथमिकताका योजनाहरु समावेश गरीने छन ।
सेमलार र मोतिपुरका खेतियोग्य जमिनलाई थप प्लटिगं हुन नदिई र अहिलेका त्यहाका बस्तीलाई समेत व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा स्थानीय किसानहरुबीच छलफल चलाईरहेको उपमहानगरप्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । किसानहरु आपसमा सहमतिमा आएका एक गाउ एक बस्ती बनाएर बाकी जग्गामा व्यवसायीक खेति गर्ने सोच उपमहानगरपालिकाको रहेको उहाले बताउनु भयो ।
यसैबिच
बुटवल उपमहानगरपालिकाले किसानलाई धान भण्डारण गरे वापत प्रति क्विण्टल ५० रुपैया अनुदान दिने भएको छ ।
धानको मुख्य सिजनमा किसानले सस्तोमा बिक्रि गर्नुपर्ने बाध्यता भएपछी उपमहानगरपालिकाले धान भण्डारण गरी राम्रो मुल्य पाउदा बिक्रि गर्न सकुन भन्ने उद्धेश्यले किसानलाई भण्डारणमा अनुदान दिन लागेको हो ।
नगरपालिकाले किसानलाई धान भण्डारणका लागि सिम्रिक कृषि सहकारी सस्थाको स्टोरमा व्यवस्था मिलाएको छ ।
किसानको धान भण्डारण गर्ने र उपमहानगरपालिकाले त्यसवापत सहकारीलाई अनुदान दिने बिषयमा आज बुटवल उपमहानगरपालिकामा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिंग्देल र सहकारीका अध्यक्ष गणेश बहादुर थापाले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सहकारीसंग ५ हजार क्विण्टल धान भण्डारण गर्ने क्षमता रहेको छ ।

 

प्रतिकृया दिनुहोस