स्वास्थ्य/शिक्षा

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बार्ता सुरु, बार्ता केही दिन चल्ने सम्भावना

बुटवल ।
आज बुधवार बिहान बिज्ञप्ति प्रकाशित गरी आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सरकारसंग बार्तामा बसेको छ ।
गत जेठ १७ गतेबाट आन्दोलनमा उत्रिएको महासंघले सरकारले बार्ताका लागि बोलाएपछी आज आन्दोलन स्थगित गरी बार्तामा बसेको हो ।
संविधानले स्थानीय तह मातहत गरेको विद्यालय शिक्षाको अधिकार फिर्ता गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने लगायतका शैक्षिक र पेशागत माग महासंघ राखेको छ ।
आन्दोलनरत शिक्षक संग वार्ता गर्न शिक्षा मन्त्रालयले सचिव खगराज बरालको नेतृत्वमा बनाएको वार्ता टोलीसँग महासंघले हिजो सामान्य छलफल गरेपछि आगामी शुक्रबारका लागि तय गरेको काठमाडौ जाऔं अभियान स्थगित गरेको महासंघले जनाएको छ ।
हिजो सामान्य छलफल पछि आज बुधवार सरकारसंग औपचारिक बार्ता भएको बार्तामा सहभागि बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक बिद्यालयका प्रधानाध्यापक घनश्यम पाठकले जानकारी दिनुभयो ।
बार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल सहित मन्त्रालयका सहसचिव तथा अधिकृतहरु र शिक्षक महासंघका तर्फबाट अध्यक्ष बाबुराम थापा सहित बार्ता टोलीका सदस्यहरु घनश्याम पाठक,लक्ष्मण शर्मा, शंकर अधिकारी, राजेन्द्र पौडेल लगायत सहभागि हुनुहुन्थ्यो ।
शिक्षा मन्त्रालयमा आज करिव ३ घण्टाको बार्ता पश्चात भोली बिहीवार पुन मन्त्रालयमा नै बार्ता गर्ने गरी आजको बार्ता सकिएको छ । भोल्किो बार्तामा शिक्षकहरुले कानुन, अर्थ र संघिय मामिला मन्त्रालयका उच्च अधिकारीलाई पनि बोलाउन आग्रह गरेका छन । शिक्षा मन्त्रालयसंग बार्ता र सहमति गर्यो कार्यान्वयनमा जादा कहिले अर्थले मानेन कहिले कानुनले मानेन कहिले के भन्ने भयो त्यसैले सरोकारवाला अन्य मन्त्रालयका पनि उच्च अधिकारीलाई बोलाउन भनेका छौ पाठकले भन्नुभयो । बार्ता केही दिन लम्बिन सक्ने देखिएको छ ।

 

प्रतिकृया दिनुहोस