स्थानिय

‘सरकार भेटियो न्याय भेटिएन’अभियान बुटवलमा पनि सुरू

बुटवल ।
निर्मला पन्तलाई न्याय माग्दै आजदेखि बुटवलमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ अभियान सुरू भएको छ ।
कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय माग्दै
नेपाल विद्यार्थी संघले आज बुटवलमा  पोष्टर टांग्दै प्रदर्शन गरेको हो । निर्मलाको तस्वीरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोष्टरहरु बुटवलको ट्राफिकचोकदेखि राजमार्ग चौराहासम्म सडकका डिभाइडरमा टाँसेर नेविसंघले प्रदर्शन गरेको छ ।
अभियानको क्रममा नेविसंघका कार्यकर्तासँगै नेपाली कांग्रेसका नेताहरु सहभागि भएका थिए । काग्रेस रुपन्देहीका  सचिव रामकृष्ण खाँण,जिल्ला नेबि संघका पुर्व केन्द्रिय उपाध्यक्ष हरि न्यौपाने, क्षेत्र नं २ का सभापति हरि लम्साललगायतका नेताहरुले पनि सडकका भित्तामा पोष्टर टासेर बिद्यार्थीहरुलाई साथ दिनु भएको थियो ।
प्रदर्शनपछि पुष्पलालचोकमा आयोजित कोणसभामा बोल्दै कांग्रेस रुपन्देहीका सचिव खाँणले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले बचाउने प्रयास गरेको आरोप लगाउँदै कारवाहीको दायरामा ल्याउन दवाव दिन सडकमा उत्रिनुपरेको बताउनु भयो।

 

प्रतिकृया दिनुहोस