खेल/मनोरंजन

स्मृति कपमा बुधवार चार खेल: प्रभात, शिवपुर, स्कलर्स र लडबुद्ध विजयी


बुटवल।
 बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता अन्तर्गत आज बुधबार चार खेल भएका छन् । चार खेलमा प्रभात मावि सैनामैना, शिवपुर मावि शिवपुर, स्कलर्स होम टिम वि र लडबुद्ध बोर्डिङ स्कूल विजयी भएका छन् ।
आज बुधबार भएको नविन औद्योगिक कदरबहादुर रीता मावि र प्रभाव माविबीचको पहिलो खेलमा प्रभात ट्राइबेकरमा ७÷६ गोल अन्तरले विजयी भएको हो । त्यस्तै कृष्टल नलेज एकेडेमी र शिवपुर माविबीच भएको शिवपुर १÷० गोल अन्तरले विजयी भयो । त्यस्तैगरी स्कलर्स होम टिम बी र नमूना मावि सेमराबीच भएको खेलमा ट्राइवेकरमा स्कलर्सले ४÷३ गोलले विजयी भयो ।
क्यानन मावि र लड बुद्ध बोर्डिङ बीच भएको खेलमा लडबुद्ध विजयी भएको स्मृति स्पोर्टर्स क्लबका अध्यक्ष महेश खनालले जानकारी दिनुभयो । त्यस्तैगरी भोली बिहीबारको पहिलो खेल अरनिको इङलिस् बोर्डिङ स्कूल भलवारी र मुनाल इङलिस बोर्डिङ स्कूलकाबीच र दोस्रो खेल बुटवल मावि र पामिर इन्टरनेशन एकेडेमीकाबीच हुनेछ ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस