स्वास्थ्य/शिक्षा

गिर्वाण सरस्वती सस्कृत तथा साधारण माबिमा व्यवस्थापन समिति र शिक्षकअभिभावक संघ गठन

तिलोत्तमा ।
गिर्वाण सरस्वती सस्कृत तथा साधारण माध्यमिक बिद्यालय तिलोत्तमा ५ मणिग्रामको अभिभावक भेला आज सम्पन्न भएको छ ।
भेलाले रामचन्द्र पाण्डेयलाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ । नवगठित समितिको सदस्यमा बालानन्द भण्डारी, यमकला पन्त भण्डारी, महिला सदस्यमा यमकला बस्याल र दलित सदस्यमा चिन्तामणि गन्धर्व रहनु भएको छ ।
सोही भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । लक्ष्मि भट्टराई अध्यक्ष रहनु भएको संघको सदस्यमा कल्पना काफ्ले, निर्मला भट्टराई, राधिका सापकोटा, गेमकला सुबेदी, सिता सापकोटा, सन्तोषि न्यौपाने र राजेश केवट चुनिनु भएको छ ।

 

प्रतिकृया दिनुहोस