अर्थ/वाणिज्य

प्रदेश उवा महासंघले सामाजिक सुरक्षा र उपभोक्ता संरक्षण ऐनका बिषयमा बृहत्त कार्यशाला गर्ने

बुटवल ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ५ ले सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐनका सम्वन्धमा बृहत्त कार्यशाला गोष्ठि गर्ने भएको छ ।
महासंघको प्रदेश समितिले आज बुधवार बुटवलमा स्थानीय उद्योग वाणिज्य संघहरुसंग गरेको छलफल सहितको बैठकले सामाजिक सुरक्षा नियमावली २०७५ र उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेका व्यवस्थाका सम्वन्धमा जानकारी गराउन बृहत्त कार्यशाला गोष्ठि आयोजन ागर्ने निणर्य गरेको हो ।
महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीको सभापतित्वमा भएको बैठकले कार्यशाला गोष्ठिमा उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाका सम्वन्धमा कार्यपत्र पेश गर्न अधिवक्ता बावुराम पाण्डे र सामाजिक सुरक्षा नियमावलीमा भएका व्यवस्थाका सम्वन्धमा कार्यपत्र पेश गर्न लेखापरिक्षक नेत्र प्रसाद ज्ञवालीलाई जिम्मा दिने निणर्य गरेको छ ।
बुटवलमा पौष २ गते आयोजना हुने कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, सबै प्रदेशका उद्योग वाणिज्य महासंघका अध्यक्षहरु, प्रदेश नम्वर ५ का सबै उद्योग वाणिज्य संघ र सरोकारवालाहरुलाई आमन्त्रण गरीने छ ।
बैठकमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, पुर्व अध्यक्ष जीवन वझा र नवराज श्रेष्ठ, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा महासंघका प्रदेश सदस्य उज्ज्वल कसजू, उद्योग उपाध्यक्ष अनिल श्रेष्ठ, महासचिव दिनेश प्रसाद श्रेष्ठ, युवा उद्यमी मञ्चका पुर्व अध्यक्ष आनन्द वझा लगायतले उपभोक्ता संरक्षण ऐन र सामाजिक सुरक्षा नियमावलीमा भएका नर्या व्यवस्थाले उद्योग व्यापारमा पार्न सक्ने असर र आर्थिक बिकासका सम्वन्धमा आ आफना धारणा राख्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस