स्थानिय

धमाधम वडा कार्यालयको भवन बनाउँदै गाउँपालिका

ललित पाण्डेय
बुटवल ।
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले वडा कार्यालयहरुको भवन  धमाधम बनाउन सुरु गरेको छ । भाडामा वडाको कार्यालय सञ्चालन भईरहेको बेला गाउँपालिकाले १८ महिनाको ठेक्का सम्झौंता  गरेर वडा कार्यालयको भवन बनाउने काम सुरु गरेको हो । वडा नं। ३,४, ७, ८ र ९ को कार्यालयको भवन बनाउँनको लागि ठेक्का सम्झौंता भएर काम सुरु भईसकेको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिनुभयो ।  अध्यक्ष केबटले समयमा नै कामसम्पन्न  हुने बताउँनु भएको छ । अहिले २ वटा कम्पन्नीलाई ठेक्का दिएर वडा भवनको काम सुरु भएको बताउँदै १८ महिनामा काम सम्पन्न हुने केबटल बताउनुभयो । कार्यालयलाई आवस्यक पर्ने भवन निर्माण गरिने भएकाले भवन निर्माणपछि सेवाग्राहीलाई सहजता हुने दाबी गर्नुभयो ।
वडा नं। ३ को समयमाई थान हाट बजारमा बन्ने भवनको १ करोड ६७ लाख ३० हजार ३ सय ३० रुपैँया लागत स्टिमेट रहेकोमा १ करोड २८ लाख ५८ हजार ६० रुपैँया ठेक्का सम्झौंता भएको  गैडहवा गाउँपालिकाका प्रमुश प्रशासकिय अधिकृत टेकराज भट्टराईले जानकारी दिनुभयो  । त्यस्तै वडा नं। ४ को पुहवामा बन्ने भनवको  १ करोड ६८ लाख २ हजार ८ सय ६७ स्टिमेट रहेकोमा १ करोड २८ लाख २१ हजार ५ सय ० रुपैँयामा ठेक्का सम्झौंता भएको जानकारी दिदै वडा नं ७ को सिसैं डाडाँमा बन्ने भवनको १ करोड ६ लाख ११ हजार ४ सय ७५ रुपँैया स्टिमेट रहेकोमा १ करोड २६ लाख ६० हजार ४ सय ७५ रुपँैयामा ठेक्का सम्झौंता भएको छ । वडा नं। ८ को देवीडाँडामा बन्न लागेको भवनको १ करोड ६८ लाख २० हजार ७५ स्टिमेट रहेकोमा१ करोड २६ लाख ७३ हनार १सय २२ रुपँैयामा ठेक्का सम्झौंता भएको भट्टराईले जानकारी दिनुभयो  । यस्तै वडा नं। ९ को महेन्द्र नगरमा बन्न लागेको भवनको अनुमानित १ करोड ६८ लाख २८ हजार ६ सय ७४ रुपैँया रहेकोमा १ करोड २५ लाख ६२ हजार ३ सय ६२ रुपँैयामा ठेक्का सम्झौंता भएको गाउँपालिकाले जानकारी दिएको छ
वडा नं। ७, ८ र ९ को भवन बनाउनको लागि ज्ञान ज्योती र वडा नं। ३ र ४ को न्यू ड्राईगन एएनजी जेभी कम्पन्नीसँग १८ महिनामा काम सम्पन्न गर्ने सम्झौंता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस