स्वास्थ्य/शिक्षा

एम्स कलेज बुटवलका बिद्यार्थीद्धारा दृष्टिबिहिन बिद्यार्थीलाई सहयोग

बुटवल ।
एम्स कलेज बुटवल बिबिएस चौथो बर्षमा अध्यनरत बिद्यार्थीले दृष्टिबिहिन बिद्यार्थीलाई सहयोग गरेका छन् ।  तिलोत्तमा नगरपालिकामा रहेको शान्ती नमुना माविमा अध्यनरत दृष्टिबिहिन बिद्ययार्थीलाई न्यानो कपडा र दैनिक उपभोग्य बस्तु सहयोग गरेका हुन् । कलेजको नियमित खर्च बाट बचत गरेको रकम बाट सहयोग प्रदान गरिएको शोभाकान्त खनालले जानकारी दिनुभयो । सहयोग गर्न पाउदा आत्म सन्तुष्टि प्राप्त हुनुको साथै जिवनको जिउनुको सार्थ पुष्टि भएको खनालले बताउनु भयो ।
सहयोग सामाग्रि हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि शान्ती नमुना माविका प्रधानाध्यापक कुलप्रासद लामिछानेले बिद्ययार्थी जिवनलाई सृजनात्मक बनाउ सकारात्मक सोचको आवश्कता रहेको बताउनु भयो। व्यक्तीगत स्वास्र्थ त्यागेर सामुही स्वार्थमा काम गर्न सक्ने व्यक्ती समाजको उदाहरणीय हुने लामिछानेले बताए । २०४५ सालमा दृष्टिबिहनको लागि छात्रावास सहितको पढाइ सुरु गरेको बिद्ययलायमा अहिले २३ जना अध्यनरत छन् । समय सापेक्षे नया“ प्रबिधि मार्फ पठनपाठन गराउने गरि बिद्ययलायले ल्याव बनाउने तयारी गरेको लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै एम्स एजुकेशन फाउडेसनका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेले आफ्नौ दैनिकि भन्दा एककदम अगाडि बढेर बिद्ययार्थीले सामाजिक उत्तरदायीत्व पुरा गरेको बताउनु भयो ।
एम्स कलेजका निमित्त क्याम्पस प्रमुख बिकाश श्रेष्ठले समाज बिद्ययार्थी जिवन देखीनै जवाफदेही र उत्तरदायी निर्भाह गर्ने बिद्ययार्थीनै भविश्यको देशको नेतृत्व दिन सक्ने बताउनु भयो।
बिद्ययार्थी दृष्टि काफ्लेको स्वागत रहेको कार्यक्रमा सृजल मल्लको संचालन रहेको थियो । कार्यक्रममा दृष्टिबिहिन बालबालिकाले आफ्नो कला देखाएका थिए ।

 

प्रतिकृया दिनुहोस