स्थानिय

हेडबक्स नजिकै मोटरसाइकल तिनाउ नदीमा खस्यो, तानसेनका रेग्मिको घटनास्थलमै मृत्यु

बुटवल ।
आज बिहानै सिद्धार्थराजमार्गको बुटवल तानसेन सडकखण्ड अन्र्तगत तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै मोटरसाइकल तिनाउ नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको छ ।
बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ नदी किनारमा खस्दा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नम्वर ९ का ३७ बर्षिय गणेश रेग्मिको घटनास्थलमै मृत्यु भएको संघिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गाईलाई जोगाउने क्रममा अनियन्त्रित भई मोटरसाइकलसहित रेग्मि नदीमा खसेको र तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 सिद्धार्थ राजमार्र्गको बुटवल तानसेन सडकखण्डको चिडियाखोलादेखि केराबारीसम्मको भागमा मर्मतको काम भइरहेको छ । सडक मर्मतका लागि भन्दै हिजोदेखि भोलिसम्म बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म सडक बन्द गरिएको छ ।

यही स्थानमा गत वर्ष कार पुरीएको थियो ।

 

प्रतिकृया दिनुहोस