स्थानिय

रोटरी क्लव अफ बुटवलको स्थापना दिवशमा बिबिध कार्यक्रम,रोटरी पत्रकारीता पुरस्कार अधिकारीलाई

बुटवल ।
रोटरी क्लव अफ बुटवलले बिभिन्न सामाजिक कार्यक्रम गर्दै २६ औं स्थापना दिवश मनाएको छ । पश्चिम क्षेत्रको सबैभन्दा पुरानो रोटरी क्लव अफ बुटवलले स्थापना दिवसका अवसरमा गरीव असहाय बिद्यार्थिलाई छात्रबृत्ति, शैक्षिक सामग्रि तथा पुरस्कार बितरण गरेको छ । सोही कार्यक्रममा क्लवका सस्थापक सदस्य तथा पुर्वअध्यक्षहरुलाई बिशेष सम्मान गरीएको थियो ।
शनिवार साझ आयोजित बिशेष कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराई र क्लवका अध्यक्ष नारायण प्रसाद पन्तले सस्थापक सदस्य तथा पुर्व अध्यक्षहरुलाई सम्मान गर्नु भएको थियो ।
सोही अवसरमा रोटरी क्लव अफ बुटवलले स्थापना गरेको रोटरी पत्रकारीता पुरस्कारबाट पत्रकार डायलसन अधिकारीलाई सम्मान गरीएको थियो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक गभर्नर भट्टराई र क्लवका अध्यक्ष पन्तले कदर पत्र र नगद १० हजार रुपैया सहित सम्मान गर्नु भएको थियो ।
प्रत्येक वर्ष रोटरी तथा समाजसेवाका क्षेत्रमा कलम चलाउने श्रमजीबि पत्रकारलाई पुरस्कृत गर्ने उद्धेश्यले क्लवका पुर्व अध्यक्ष तथा व्यवसायी महेन्द्र श्रेष्ठले शंकरमान बालकृष्ण अक्षयकोष प्रवद्र्धन गर्नु भएको छ । त्यही कोषको ब्याज रकमबाट अव प्रत्येक बर्ष एक एक जना पत्रकारलाई पुरस्कृत गरीने क्वलका इलेक्ट प्रेसिडेण्ट दिल्लि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै क्लवले बिगतदेखि नै सहयोग गर्दै आएका फुलवारी आधारभूत बिद्यालय, पर्होवा परमेश्वर आधारभूत बिद्यालय र कपिलवस्तुको राष्टिय प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई प्रति बिद्यालय ३९ हजार रुपैयाका दरले छात्रबृत्ति रकम हस्तान्तरण गरेको थियो ।
यसैगरी क्लवका पुर्वअध्यक्ष तथा पदाधिकारीहरुले व्यवस्थापन गर्नु भएका बिशेष छात्रबृत्ति पनि सोही कार्यक्रममा बितरण गरीएको थियो । बुलबुल श्रेष्ठले प्रवद्र्धन गर्नुभएको चन्द्रलक्ष्मि अक्षयकोषबाट निशा खत्रीलाई अपागंता जेहेन्दार छात्रबृत्ति, सुर्य रानाले प्रवद्र्धन गर्नु भएको  प्रेम इश्वरी अक्षयकोषबाट कृतिमा सारुलाई गरीव जेहेन्दार छात्रबृत्ति, राजेन्द्र लम्सालले प्रवद्र्धन गर्नु भएको खेम तेज अक्षयकोषबाट खुशि पौडेललाई गरीव जेहेन्दार छात्रबृत्ति, दिल्लि कुमार श्रेष्ठले प्रवद्र्धन गर्नु भएको द्रब्य चन्द्र अक्षय कोषबाट सरिता बानियालाई अपागंता दृष्टिबिहीन छात्रा छात्रबृत्ति, राजेन्द्र ध्वजूले प्रवद्र्धन गर्नु भएको सपना अक्षय कोषबाट रुपा रौतहरलाई अपागंता दुबै हात नभएकाको छात्रबृत्ति, रुप बिशोर लाकौलले प्रवद्र्धन गर्नु भएको नरेन्द्र तेजलक्ष्मि अक्षयकोषबाट पुर्ण बहादुर बुढा मगरलाई गरीव जेहेन्दार छात्रबृत्ति, अमोद सिमांगैडाले प्रवद्र्धन गर्नु भएको देबी सरस्वती अक्षय कोषबाट पुष्पा तितौरेलाई अपागंता दृष्टिबिहीन छात्रा छात्रबृत्ति र निर्मल प्रसाद लाकौलले प्रवद्र्धन गर्नु भएको बृज नयन अक्षय कोषबाट मान बहादुर रानालाई टुहुरो छात्रबृत्ति हस्तान्तरण गरीएको थियो ।
त्यसअवसरमा बोल्दै रोटरी इन्टरनेशनलका गभर्नर भट्टराईले रोटरी क्लव अफ बुटवल रोटरी क्लवका लागि मात्र नभएर नेपालका समाजसेबीहरुका लागि अध्ययनको श्रोत केन्द्र भएको बताउनु भयो । उहाले समाज परिवर्तन प्रचार गरेर नभई समाजमा न्युन आय भएका र असहायहरुको जीवनमा परिवर्तन हुने साना तिना कामबाट नै हुने बताउनु भयो । रोटरी क्लव अफ बुटवलले गरेको सामाजिक कार्य क्षेत्रले रुपन्देहीमा मात्र नभई अहिले देशभरीका रोटरीलाई नयाँ ढंगले अघि बढन उत्प्रेरीत गरीरहेको बताउनु भयो ।
ब्ुटवल उपमहानगरपालिकाका प्रमुख तथा क्लवका मानर्थ सदस्य शिवराज सुवेदीले रोटरी क्लवको योगदान बुटवलको बिकासका लागि महत्वपुर्ण रहेको उल्लेख गर्दै बिकासका परियोजनाहरु अघि बढाउदा दीर्घकालिन योजनाहरुको पहिचान गर्न क्लवका सदस्य रोटरीयनहरुलाई आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष नारायण प्रसाद पन्तको सभापतत्व, सचिव दया भण्डारीको सञ्चालन र कार्यक्रम संयोजक सुनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा एसिस्टेन गभर्नर कृष्ण प्रसाद अर्याल र अजयमान श्रेष्ठ, क्लवका पुर्व अध्यक्ष हुतानन्द खनाल, रोटरी क्लव तुल्सिपुरका अध्यक्ष डा. निरञ्जन आचार्य, रोट्रयाक्टर निरज पाण्डे, इण्ट्याक्टर युनिसा भण्डारी लगायतले क्लवले गरेका कामहरुको प्रसंशा गर्नु भएको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस