स्थानिय

विप्लव नेतृत्वको नेकपाद्धारा बुटवलमा प्रर्दशन

बुटवल ।

विप्लव नेतृत्वको नेकपा र उसको भातृ संगठन अखिल क्रान्तिकारीले आज बुटवलमा प्रर्दशन गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउको कारवाहीको माग गर्दै आज बुटवलमा विरोध प्रदर्शन गरेको हो । निर्मला पन्तको न्यायका लागि भन्दै जनप्रदर्शन नाम दिएर प्रर्दशन गरेको हो । प्रहरीको कडा सुरक्षाबीच राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन मिलनचोक, बसपार्क हुँदै पुष्पलालपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा विद्यार्थी, गाउँगाउँबाट आएका पार्टीका नेता कार्यक्रता सहभागि थिए । हत्या, हिंसा, बलात्कार अन्त्य गर, विचार अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी गर, मानव अधिकारको ग्यारेन्टी गर भन्दै नारासहितका प्लेकार्डसहित नारा नाराबाजी गरेका थिए । गएको साउन २० गते निर्मलाको बलत्कारपछि हत्या भएको लामो समय हुँदा समेत सरकारले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै पन्तका बलत्कारी र हत्यारालाई कारवाही नगरे पार्टी अझै कडा संघर्षका कार्यक्रम साथ अगाडि बढ्ने नेकपा रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस