अर्थ/वाणिज्य

भिजन लुम्बिनीको सेती नदी जल विद्युत आयोजनाको प्रारम्भिक काम शुरु


श्यामलालपोखरेल
बुटवल ।
भिजन लुम्बिनी पब्लिक लिमिटेडले सञ्चालन गरेको सेती नदी जल विद्युत आयोजनाको प्रारम्भिक काम सम्पन्नभई पिपिएको सम्झौता भएको छ ।नेपाल विद्युत प्राधिकरणलाई डिपिआरको अन्तिमप् रतिवेदन पेश गरिएको आज बुटवलमा पत्रकार सम्मेलन गरी भिजन लुम्बिनीले जानकारी गराएको छ । सेतीनदीबाट ५ हजार मेगावाट क्षमताको विद्युत उत्पादनका लागि सेती नदी जल विद्युत आयोजना कम्पनी ऐन २०६३ र नेपाल विद्युत ऐन २०५३ अनुसार पिपिए सम्झौता गरिएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी गराउनु भयो ।नेपालको पानीजनताको लगानी भन्ने लक्ष्य सहित सञ्चालन गरिएको परियोजनाले आगामी ३ वर्ष भित्र विद्युत उत्पादन गर्नृे अध्यक्ष पोखरेलले बताउनु भएको छ । नमुना जल विद्युत परियोजनाको रुपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उहाले प्रतिवद्वता जनाउनु भएको छ । प्राविधिक पाटोको काम सम्पन्न भैसकेको र आर्थिक व्यवस्थापनमाकूनै समस्या नरहेकाले परियोजनाको काम समयमा नै सम्पन्न हुने पत्रकार आश्वासन दिइएको छ ।एक हजार सदस्य रहेको भिजन लुम्बिनीले उर्जा कम्पनी लिमिटेडले सेती नदी हाइड्रोपावरको नामबाट दर्ता गरी वाणिज्य बैंकमा खाता सञ्चालन गरेको छ ।उर्जा संकटलाई निर्मुल पार्ने मुख्य लक्ष्य सहित भिजन लुम्बिनीले माछापुच्छे« गाउंपालिका वडानम्बर २ संग १४ बुंदे सहमती गरिएको अध्यक्ष पोखरेले जानकारी गराउनु भयो ।पत्रकार सम्मेलनमा ज्ञानेन्द्र कसजु, गोपाल बहादुर पोखरेल, रतनलाल अग्रवाल, बालकृष्ण चापागाई, मनोज भट्टराई लगायतले पत्रकारका जिज्ञासाको जवाफ दिनु भएको  थियो ।

प्रतिकृया दिनुहोस