राष्ट्रिय

ओली नेतृत्वको दुई तिहाईको सरकार असफल भइसक्यो : काँग्रेस नेता खाँण

बुटवल ।
नेपाली काँग्रेसकाकेन्द्रिय सदस्य बालकृष्ण खाँणले केपी ओली नेतृत्वको दुई तिहाईको सरकार पुर्ण रुपमा असफल भईसकेको दावी गर्नु भएको छ ।
 रुपन्देहीको गजेडीमा आज  नेपाली काँग्रेस तिलोत्तमा वडा नम्वर १६ ले आयोजना गरेको प्रशिणात्मक कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले लोकतन्त्रको मुल आधारसिला जनतालाइ अधिकार सम्पन्न बनाउनु भएपनि बर्तमान सरकारले जनताका अधिकार रक्षा गर्न नसक्दा जनविश्वास गुमाउदै गएको बताउनु भयो ।
 काँग्रेस ससदिय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले दैनिक सरदर ६ जना महिला तथा बालबालिका यौन हिंसामा परीरहदा सरकारले त्यसलाइ रोक्न र अपराधीलाइ पक्राउ गर्न नसकेको भन्दै जनतालाइ सुरक्षाको प्रत्याभुती दिलाउन नसक्ने सरकार खोक्रा नारा र  भाषणमा  सिमित भएको आरोप लगाउनु भयो । । ‘दिनदाहाडै बालबालिका तथा व्यक्ति हत्याका घटना भइरहेका छन । महिला तथा बालिका बलात्कृत भइरहदा अपराधी समातीदैनन’ ।  अपराधीलाइ कारबाही र पिडीतलाइ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ’ नेता खाँणले भन्नुभयो ।
सरकारले संघियता र  लोकतन्त्रको खिलाफमा काम गरीरहेको भन्दै उहाले स्थानीय तह र प्रदेश सरकारकालाइ अधिकार हस्तान्तरण नगरेर निरकुंश बन्दै गाएको बताउनु भयो । शिक्षक,किसान,प्राध्यापक सबै क्षेत्र आफना अधिकारकालागि सडकमा ओर्लीनु पर्ने र जनता न्यायबाट बिमुख हुनुपर्ने अवस्था आउनुनै सरकारको निरंकुशता र असफलताको  प्रमाण भएको उल्लेख गर्नुभयो ।काँग्रेस कमजोर हुँदा संघिय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र जनता कमजोर हुँने भन्दै नेता खाँणले पार्टीलाइ बलियो बनाएर अगाडी बढ्ने अभियानमा लागेकाले निराश नहुँन नेता कार्यकर्तालाइ आग्रह गर्नुभयो ।
काग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले नेपाली कांग्रेसमा पार्टी प्रशिक्षण कार्यक्रम आवस्यकता रहेको औल्याउनुभयो । कार्यकर्तालाई प्रशिक्षण दिन सकेमात्र पार्टी बलियो बन्दै भावि पुस्ताले समेत नेपाली कांग्रेसको योगदानलाई थाहा पाउन सक्ने बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला सचिब रामकृष्ण खाँडले जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी कांग्रेसलाई जिल्लामा बलियो बनाउँने बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस