बिज्ञान/प्रबिधि

राममणिमा वी.वी.एस. का विद्यार्थीका लागि कम्प्यूटर प्रशिक्षण

तिलोत्तमा  ।

 मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा वी.वी.एस. चौथो वर्षका विद्यार्थीका लागि सञ्चालित कम्प्यूटर प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले अनुसन्धानको क्षेत्रमा विद्यार्थीलाई गतिशील बनाउन क्याम्पसले निःशुल्क कम्प्यूटर प्रशिक्षण उपलब्ध गराएको बताउनुभयो ।  
क्याम्पसको व्यवस्थापन सङ्कायका प्रमुख खुमकान्त पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूः दीपा न्यौपाने, गङ्गा टण्डन, कृष्णा पराजुली र किरण भण्डारीले आफूले सिकेका कुराहरू श्रव्यदृश्य मार्फत् प्रस्तुत गरेका थिए ।
गत आश्विन १६ गतेदेखि सञ्चालित प्रशिक्षणमा वी.वी.एस. चौथो वर्षका ६८ जना विद्यार्थीलाई विविध समूहमा प्रशिक्षण दिइएको सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालले जानकारी दिनुभयो ।
क्याम्पसका पुस्तकालय शाखा प्रमुख हेमलाल गौतमले कम्प्यूटरका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस