खेल/मनोरंजन

तिलोत्तमा नगर स्तरीय प्रथम मेयर कप खुल्ला व्यटमिन्टन प्रतियोगिता सुरु

डी. आर. बन्जाडे
तिलोत्तमा ।
तिलोत्तममा १४ सुर्खौलीमा तिलोत्तमा नगर स्तरीय प्रथम मेयर कप खुल्ला व्यटमिन्टन प्रतियोगिता सुरु भएको छ । नर्मदेश्वर प्राविको खेल मैदानमा सुरु भएको मेयरकप व्यडमिन्टन प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले खेल खेलेर उद्घाटन गर्नुभयो ।
संविधान दिवसको उत्सवको रुपमा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा नगरभित्रका विभिन्न ४० ओटा समूहले सहभागिता जनाएका छन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा नगरकार्यपालिकाका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, खेलाडी, खेल प्रमीहरुको सहभागिता रहेको थियो ।
खेल प्राङगणमा उपलव्ध चार ओटा कोर्टमा खेलाइने खेलमा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन् भने तृतीय हुने दुइ टिमले दश दश हाजारका दरले पाउने छन् ।
खेलको सम्पूर्ण प्राविधिक पक्षको व्यवस्थापन तिनपा १४ मा रहेको लुम्विनी स्पोर्ट क्लवले गरेको छ ।

खेल आजै सकिनेछ ।

प्रतिकृया दिनुहोस