स्वास्थ्य/शिक्षा

तिलोत्तमामा वडा सदस्यद्धारा पनि तलव नलिने घोषणा सुरु, १४ की भुसालले शिक्षामा लगाउने

तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकामा वडा सदस्यले पनि पारिश्रमिक भत्तालाई सामाजिक काममा लगाउने घोषणा गर्न सुरु गरेका छन ।
७ जना वडाअध्यक्षले आफनो पारिश्रमिक भत्ता सामाजिक क्षेत्रमा लगाउने बताईरहेको बेला वडा सदस्यले पनि त्यसैलाई निरन्तरता दिन लागेका छन ।
तिलोत्तमा नगरपालिकाको वडा नम्वर १४ साबिकको टिकुलीगढबाट महिला सदस्यमा निर्वाचित तुल्सा भुसालले जनप्रतिनिधिका रुपमा आफुले प्राप्त गर्ने सबै रकम वडामा रहेका ४ वटा सामुदायिक बिद्यालयको शिक्षामा लगाउने बताउनु भएको छ ।
आज नगरपालिकाको कार्यालयमा स्थानीय पत्रकारहरुसंगको कुराकानीमा भुसालले जनप्रतिनिधि वापत प्राप्त गरेको ९५ हजार मध्ये ८५ हजार स्थानीय एलिजा आमा समुह र मित्रता परियार समाजलाई कुर्ची तथा भाडाकुडा किन्न सहयोग गरीसकेको समेत बताउनु भयो । उहाले अहिले सम्म प्राप्त गरेर बाकि रहेको १० हजार सहित अव प्राप्त गर्ने पारिश्रमिक तथा भत्ताको सबै रकम सामुदायिक बिद्यालयको शिक्षामा लगाउने बताउनु भयो ।
भुसालले भन्नुभयो म सामाजिक काम गर्न जनप्रतिनिधि भएको हु घर खर्च चलाउन त्यत्ति ठुलो समस्या छैन वडामा धेरुे गरिव असहाय बालबालिका छन उनीहरुको शिक्षामा लगाउछु ।
भुसाल टिकुलीगढको टिकुलीगढ माबि,दुर्गा माबि, रेहरा निमाबि र नमुना महिला बिद्यालयका गरीव असहाय बिद्यार्थीको बिद्यालय पोशाक, स्टेशनरी सामान तथा अन्य अत्यावश्यक क्षेत्रमा लगाउने बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस