स्वास्थ्य/शिक्षा

नियमित रक्तदान: श्रेष्ठद्धारा ४७औ, भट्टराईद्धारा ३६औ पटक रक्तदान, कविताद्धारा जन्मदिनमा रक्तदान

 बुटवल ।
नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा आज बुटवलमा ६५ औ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहान ८ बजेदेखि साढे ११ बजेसम्म बुटवलको टाफिकचोक स्थित सोलमारी कटेजमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका रुपन्देही उद्योग संघका अध्यक्ष गणेण अधिकारीले रक्तदान गरेर शुभारम्भ गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठले ४७ औं पटक र समाजका कोषाध्यक्ष उदयराज भट्टराईले ३६ औं पटक रक्तदान गर्नु भएको छ । त्यस्तै बिद्यार्थी कबिता आचार्यले आफनो १८ औं जन्मदिन पहिलो पटक रक्तदान गरी मनाउनु भएको छ ।
बिहान लगातारको वर्षाका कारण सोचे अनुसार धेरै रक्तदाताहरुको सहभागिता नभएपनि महत्वपुर्ण व्यक्तिहरुबाट रक्तदान भएकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने बिश्वास समाजका अध्यक्ष कृष्ण चौहानले व्यक्त गर्नु भयो ।

 

प्रतिकृया दिनुहोस