बिबिध/कृषि

तीन दिन सम्म देशभर वर्षा हुने

अवको तीन दिन सम्म पश्चिमी क्षेत्र लगाएत देशभर भारी तथा मध्य खालको वर्षा हुने सम्भाना रहेको छ  । मौसम विज्ञान विभाग जलविज्ञान महाशाखा्बाढी पूर्वानुमान शाखाले तीन दिन देशैभर झरी्हल्का, मध्यम वा भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको हो । आज एक सूचना जारी गरी महाशाखाले आज ठूला्मझौला नदीहरुमा उल्लेख्य बहाव बढे पनि खतरा तह पार हुने सम्भावना न्युन रहेको बताएको छ। यस्तै भोली र पर्सि देशका प्रायः सबै नदीनालामा बहाब सतर्कता तह आसपास रहने महाशाखाले जनाएको छ। उच्च खतरा नभए पनि खोलानाला आसपास बस्नेहरूले सतर्कता जरुरी रहेको महाशाखाको भनाइ छ।

प्रतिकृया दिनुहोस