अर्थ/वाणिज्य

विमस्टेकको तयारी स्वरुप विदेश सचिवहरूको बैठक बस्दै

विमस्टेको तयारी स्वरुप विदेश सचिवहरूको बैठक काठमाडौंमा आज बस्दै छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास बिमस्टेकको चौथो सम्मेलनको तयारीस्वरूप सदस्य राष्ट्रहरूको बैठक आयोजना हुन लागेको हो।

बैठकमा सबै सदस्य राष्ट्रका विदेश सचिव र बिमस्टेक सचिवालयका सचिव सहभागी हुनेछन् ।
भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनमा प्रस्तुत गर्ने विषयबारे बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाकारी दिएको छ। सन् १९९७ मा स्थापना भए पनि हालसम्म बिमस्टेकको बडापत्र जारी हुन सकेको छैन।

बडापत्र अभावमा बिमस्टेकलाई संस्थागत रूपमा अघि बढाउन समस्या उत्पन्न हुने भन्दै नेपालमा आयोजना हुने बैठकबाट बडापत्र जारी गर्न नेपालले पहल गर्नेछ। शिखर बैठकमा नेपालले बिमस्टेक बडापत्र निर्माणसम्बन्धी विषयलाई प्राथमिकतासाथ प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस