राष्ट्रिय

सहमति कार्यान्वायनका लागि प्रधानमन्त्री ओली र डा केसीबीच आज छलफल हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच आज छलफल हुने भएको छ।

प्रधानमन्त्री ओलीले डा केसीलाई सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका लागि बोलाउनुभएको हो । छलफल आज बिहान ११ बजे बालुवाटारमा हुने डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिनुभयो । सरकारले डा केसीसँग साउन १० मा ९ बुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता भइसकेको छ । सहमतिका अन्य बुँदाहरु भने अझैसम्म कार्यान्वयनमा आइसकेका छैनन्। सहमति कार्यान्वयनका विषयमा सरकारले तीव्रता नदिएको भन्दै डा केसीले मंगलबार पत्रकार सम्मेलन गर्नुभएको थियो । उहाँले सहमतिका सबै बुँदा छिट्टै कार्यान्वयनमा आउने विश्वास रहेको समेत बताउनुभयो । डा केसी यो पटक २७ दिन लामो अनसन बस्नुभएको थियो ।

प्रतिकृया दिनुहोस