राष्ट्रिय

नेकपा प्रदेश संसदीय दलको उपनेतामा मन्त्रि केसी चयन, बोर्डको सचिवमा श्रेष्ठ

बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)   प्रदेश ५ प्रदेशसभा संसदीय दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी चयन हुनु भएको छ ।
पार्टी संसदीय दलको आज आज बुटवलमा बसेको पाचौं बैठकले सर्वसम्मत रुपमा केसीलाई उप नेता चयन गरेको हो । केसी एमाले र माओवादी केन्द्र बीच एकता हुनु अघि माओवादी केन्द्रको संसदीय दलको नेता हुनुहुन्थ्यो ।
नेकपाले यस अघि नै संसदीय दलको नेतामा मुख्यमन्त्रि शंकर पोखरेलाई निरन्तरता दिएको थियो । पोखरेल एमालेको संसदीय दलको नेता भएर नै मुख्य मन्त्रि बन्नु भएको थियो ।
प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय दल बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र सदस्यमा गीता थापा, सरस्वती गौतम, कमला भण्डारी, कमला विक, इन्द्रजित चौधरी, वसन्त घर्तीमगर, विष्णु पन्थी, आइ।पी खरेल, रामजी घिमिरे, कुलप्रसाद पोखरेल र धर्मबहादुर लाल श्रीवास्तव रहनु भएको पार्टी संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।
बैठकले संसद् स्थगन भएको अवस्थामा संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालय मन्त्रालयका कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यले विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो  ।

प्रतिकृया दिनुहोस