बिबिध/कृषि

साहित्यकार दाहाल यज्ञनिधिको निधन

लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार एवं पुराना रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साझ निधन भएको छ।
हिजो बिहानको खाना खाएपछि घरमै अचानक लडेर बेहोस भएपछि उहालाई अन्नपूर्ण न्युरो अस्पतालमा आइसियुमा राखेर उपचार गरिँदै आएकोमा आज त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो। सुमेरु अस्पतालमा उपचारकै क्रममा उहाको साझ निधन भएको  भाइ पुष्पनिधि दाहलले जानकारी दिनुभएको छ।

वि स २०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहाले रेडियो नेपालमा साहित्य संसार कार्यक्रम लामो समय चलाउनु भएको थियो ।
उहाले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना , अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याउनु भएको छ ।
 उहाको ११ वर्षअघि मृगौलाको प्रत्यारोपण भएको थियो ।

प्रतिकृया दिनुहोस