स्वास्थ्य/शिक्षा

अभिभावक संघको ध्यानाकर्षण

बुटवल ।
पोखरा विश्वविद्यालयले हालै प्रकाशित गरेको बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परिक्षाफल प्रकाशितमा गम्भिर त्रुटि भएको भन्दै अभिभावक संघ रुपन्देहीले ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष लोकनाथ ज्ञवालीले आज एक विज्ञप्ति प्रकाशित गरी बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परिक्षा दिएका रुपन्देहीका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएकाले छानविनको माग गर्नु भएको छ  । कतिपय क्याम्पसमा एकजना पनि विद्यार्थी उत्तिर्ण भएका छैनन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर रुपन्देहीका ८ वटा क्याम्पसहरुले बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएस विषयमा अध्यापन गराउंदै आएका छन् ।नतिजामा सबैभन्दा धेरै तेस्रो र पांचौ सेमेष्टरको नतिजा कमजोर आएको छ । कुनै क्याम्पसमा आठदश जना विद्यार्थी अनुुुुुत्तिर्ण हुनु स्वभाविक मानिएपनि रुपन्देहीका सबै क्याम्पसका अधिकांश विद्यार्थी अनुत्तिर्ण हुनुले उत्तर पुस्तिका जांच गर्दा लापरवाही गरिएको हुन सक्ने संघको ठहर छ ।

 

 


 

प्रतिकृया दिनुहोस