स्थानिय

हज यात्रामा जान लागेका काग्रेस रुपन्देहीका सभापति रज्जाकको बिदाई, फणिन्द्रलाई कावाको जिम्मेवारी

बुटवल ।
मक्का मदिना हज यात्रामा जान लाग्नु भएका नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकलाई आज देवदहमा बिदाई गरीएको छ ।
पर्सी मक्का मदिना जान लाग्नु भएका रज्जाकलाई आज काग्रेसका नेता कार्यकर्ताहरुले उहाकै घरमा पुगेर बिदाई गरेका हुन ।
काग्रेस जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति तथा देवदह नगरप्रमुख हिरा केसी, युवा नेता हरी न्यौपाने, काग्रेसका देवदह सभापति लगायतले रज्जाकलाई फुल माला लगाई बिदाई गर्नु भएको थियो ।
पुर्वराज्यमन्त्रि समेत रहेका रज्जाकको टोलीमा बिभिन्न जिल्लाका १० मुस्लिम नेताहरु रहेका छन ।
१५ दिनको हज यात्रामा जान लाग्नु भएका पार्टी सभापति रज्जाकले उपसभापति फणिन्द्र शर्मालाई कार्यवाहकको जिम्मेवारी दिनुभएको छ ।

 

प्रतिकृया दिनुहोस