राष्ट्रिय

प्रदेशको स्थायी राजधानि र नामाकरणका लागि शिफारिस गर्न बिशेष समिति गठन

बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको स्थायी राजधानि र नामाकरणका लागि शिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ ।
बिशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानि र नामाकरणका लागि शिफारिस गर्ने अधिकार दिइएको छ ।समितिले तीन महिनाभित्र प्रतिवेदन तयार गरी सभामुखलाई पेश गर्ने छ ।
समितिको सदस्यमा कल्पना पाण्डे अर्धाखाची, चेतनारायण आचार्य अर्खाखाची, तारा जिसी प्युठान, तुल्सी प्रसाद चौधरी रुपन्देही, दिनेश पन्थी गुल्मि दिपेन्द्र कुमार पुन रोल्पा, दिपेश थारु ब्र्दिया, नाराया प्रसाद आचार्य पाल्पा, निर्मला क्षेत्री अर्धाखाची, भुवनेश्वर चौधरी बर्दिया, रमा अर्याल रुपन्देही, बिर बहादुर राना पाल्पा, बिष्णु प्रसाद पन्थी कपिलवस्तु, सरस्वती गौतम दागं र सहर्षराम यादव कपिलवस्तु रहनु भएको छ ।

गठित समितिले जिल्ला जिल्लामा गएर छलफल तथा अन्र्तक्रिया गर्ने छ भने बिज्ञहरुको सुझाव समेत लिएर प्रतिवेदन तयार गर्ने छ ।
समितिको संयोजक नतोकिएपनि सुरुमा जेष्ठ सदस्यले समितिको समितिका बैठकको सभापतित्व गर्ने र सहमतिमा संयोजक वा सभापति तोकिने छ ।

आजकै बैठकले ११ सदस्यीय बिशेषाधिकार समिति गठन गरेको छ । बिशेषाधिकार समितिमा अमर बहादुर डागी दागं, अष्टभुजा पाठक रुपन्देही, कमलराज श्रेष्ठ गुल्मि, कल्पना पाण्डे अर्धाखाची, तारा जिसी प्युठान, तेज बहादुर वली रुकुम, पार्वती पुन बाके, फकरुद्धिन खाँन रुपन्देही, बाबुराम गौतम बाके, सन्तोष कुमार पाण्डे रुपन्देही र हरि प्रसाद रिजाल प्युठान रहनु भएको छ ।

प्रतिकृया दिनुहोस