स्थानिय

तिलोत्तमामा पुराना घरको घरमै गएर नक्सा पासको प्रमाण पत्र दिने अभियान सुरु

तिलोत्तमा ।
 तिलोत्तमा नगरपालिकाले बिगतमा घर बनाएका तर नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका सर्वसाधारणलाई घरमा नै गएर प्रमाणपत्र दिन घर नक्सा पास गर्ने अभियान सुरु गरेको छ ।
नगरपालिकाले जनताको घरमा नै पुगेर घरको नापनक्सा तयार गरी प्रमाण पत्र उपलब्ध गराउन प्राबिधिक सहितको एक टोली नै बनाएको छ । नगरपालिकाको प्राबिधिक टोलीले सम्वन्धित घरधनिको घरजग्गा नापजाच गरी नक्सा तयार पारि आधिकारीक हस्ताक्षर गराएर बितरण गर्ने छ ।अभियानको सुरु वडा नम्वर १४ बाट गरीएको छ ।
वडा नम्वर १४ टिकुलीगढको वडा कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव घिमिरेले सोही वडाका कल्पनीदेबि थारु, शिव प्रसाद थारु र बेचु प्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर अभियानको सुरु गर्नुभयो ।
त्यसअवसरमा बोल्दै नगर प्रमुख घिमिरेले सानो कामका लागि नगरबासीले नगरपालिकाको कार्यालयमा नै पुगेर सेवा लिनुपर्छ भन्दा पनि नगरपालिकाले जनताको घरमा नै पुगेर सेवा प्रवाह गर्न सक्छ भन्ने विश्वास दिलाउन अभियान सुरु गरीएको बताउनु भयो ।
घरनक्सा बनेपछी नगरपालिकामा सबै नगरबासीका घरका प्रमाण् रहने र घरधनिले आवश्यक पर्दा बैक तथा बित्तिय सस्थाबाट समेत क्रृण लिन सक्ने बताउनु भयो ।
नगरपालिकालाई सुन्दर सफा स्वच्छ हराभरा सहित व्यवस्थित र पुर्वाधार युक्त बनाउन आफु लागिरहेको बताउदै उहाले नेपालमा नै पहिलो पटक आउदो भदौ देखि तिलोत्तमा नगरपालिकामा पुर्न नापी हुने जानकारी दिनुभयो ।
नगर प्रवक्ता सुरेन्द्र श्रीले बिहीवार र शुक्रवार बाहेक अन्य दिनमा नगरपालिकाको प्राबिधिक टोली यो काम नसकिदा सम्म सम्वन्धित वडामा नै रहर सेवा प्रवाह गर्ने र  १४ नम्वर वडा पश्चात क्रमश अन्य वडामा पनि टोली खटिएर घर नक्साको प्रमाण पत्र दिने बताउनु भयो ।
वडा अध्यक्ष सोहन प्रसाद थारुले जनप्रतिनिधि सुबिधा भोगी भए कर मात्रै बढाृ भन्नेहरुका लागि घर घरबाट सेवा प्रवाह गरेर नगरपालिकाले जनताको मन जितिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै इञ्जिनियर मनिष खनालले घरको नापनक्सा गरेर जतिसक्दो छिटो सेवा प्रवाह गर्ने बिश्वास दिलाउनु भयो ।
यसैबिच नगर प्रमुख घिमिरेले आज टिकुलीगढ माध्यमिक बिद्यालय र टिकुलीगढ स्वास्थ्य चौकीको पनि अनुगमन निरीक्षण गर्नु भएको छ ।
बिद्यालयको निरीक्षणका क्रममा उहाले निर्धारित समय भन्दा ढिला बिद्यालय नआउन नियमित हाजीरी गर्न र निर्धारित समय भन्दा अघि नै बिभिन्न बहानामा बिद्यालयबाट ननिस्कन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ ।
उहाले वाल शिक्षाका बिद्यार्थिहरुको पढाई अवलोकन गर्नुका साथै नगरपालिकाले उपलब्ध गराएको खाजाको स्तरको मापन समेत गर्नु भएको थियो ।
नगरप्रमुखलाई बिद्यालयका अध्यक्ष दिनेश अर्याल र प्रधानाध्यापक शंकरदत्त उपाध्यायले बिद्यालयको अवस्था र पढाइका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै स्वास्थ्य चौकी निरीक्षणकाक्रममा सिनीयर अहेव बुद्धिराज पन्तले दरवन्दी अनुसारको जनशक्ति नभएको र पुर्वाधारको समेत अभाव भएको बताउनु भएको थियो । नगरप्रमुख घिमिरेले बजेटले भ्याएसम्म पुर्वाधारका लागि सहयोग गर्ने आश्वासन दिदै जनताको सेवा प्रवाहमा कमी आउन नदिन निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस