स्वास्थ्य/शिक्षा

न्यु होराइजनका पुर्वबिद्यार्थीको भेला असोजमा हुने, अवार्ड छनौटका लागि समिति गठन

बुटवल ।
न्यु होराइजन स्कुलमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरुको भेला तथा पुर्नमिलन कार्यक्रम आउदो असोज २७ गते हुने भएको छ ।
न्यु होराइजनका पुर्व बिद्यार्थीहरुको सस्था एल्मुनाई अफ न्यु होराइजनले असोज २७ गते बिभिन्न कार्यक्रमहरु सहित पुर्व बिद्यार्थीहरुको भेला तथा पुर्नमिलन आयोजना गर्ने निणर्य गरेको हो ।
एल्मुनाईका अध्यक्ष सञ्जय ज्ञवालीको सभापतित्वमा बसेको बैठकले भेलाका अवसरमा न्यु होराइजनका सस्थापक स्वर्गिय लालचन श्रेष्ठको सम्मानमा स्थापित लालचन एक्सिलेन्ट अवार्ड बितरण गर्ने पनि निणर्य गरेको छ । अवाई प्राप्त गर्ने व्यक्ति छनौटका लागि एल्मुनाईका निवर्तमान अध्यक्ष नारायण थापाको संयोजकत्वमा एक समिति समेत गठन गरीएको छ।
त्यस्तै भेला तथा पुर्नमिलन तयारी र व्यवस्थापनका लागि बिकास श्रेष्ठको संयोजकत्वमा स्टेज साउण्ड तथा सास्कृतिक कार्यक्रम, रितेश ज्ञवालीको संयोजकत्वमा प्रचार प्रसार रोमन शाहको संयोजकत्वमा फुड स्टल व्यवस्थापन, क्षितिज प्रधानको संयोजकत्वमा बिज्ञान प्रर्दशनी व्यवस्थापन, राजु शर्माको संयोजकत्वमा मनोरञ्जन तथा स्टेज व्यवस्थापन र सुन्दर थापाको संयोजकत्वमा रजिष्टेशन तथा पिन व्यवस्थापन समिति गठन गरीएको छ ।
सोही बैठकले कक्षा ११ र १२ मा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गर्न अक्षयकोष बनाउने निणर्य गरेको छ । अक्षयकोषमा तत्कालै करिव १ लाख संकलन भएको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस