स्वास्थ्य/शिक्षा

सेमरा माबिमा बिद्युतिय मेसिन जडान , यसै वर्ष सबै बिद्यालयमा जोडने नगरपालिकाको योजना

तिलोत्तमा ।    
तिलोत्तमा नगरपालिकाले बिद्यालय शिक्षा सुधारकाक्रममा सामुदायिक बिद्यालयमा बिद्युतिय हाजीरीको सुरु गरेको छ ।
चालु आर्थिक वर्ष भित्र नगरपालिकाका ४४ वटै सामुदायिक बिद्यालयमा बिद्युतीय हाजीरी मेसिन जडान गरी शिक्षक कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने योजना बनाएको नगरपालिकाले आज सेमरा बजार स्थित सेमरा माध्यमिक बिद्यालयमा बिद्युतीय हाजीरी मेसिन जडान गरेको छ ।
नगरपालिकाले बिद्युतीय मेसिन जडान गरी आजै बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
बिद्युतीय हाजीरी मेसिन जडान तथा हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले हाजीरी मेसिनको सदुपयोग गर्न र गुणस्तरीय शिक्षामा अनुकरणीय बन्न बिद्यालय परिवारलाई आग्रह गर्नुभयो । उहाले बिद्यालयको भौतिक पुर्वाधारका लागि नगरपालिकाले सहयोग गर्दै जाने आश्वासन दिदै ३ वर्षमा नगरपालिकाका सबै सामुदायिक बिद्यालयलाई कम्तीमा पनि सस्थागत बिद्यालयको स्तरमा पुर्याउने बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख जागेश्वरी चौधरी,प्रवक्ता सुरेन्द्र श्री, शिक्षा महाशाखा प्रमुख तथा उपसचिव हरी ज्ञवाली, बिद्यालय निरीक्षक सुदीप गिरी, बिद्यालयका अध्यक्ष शंकर गुरुगं, बिद्यालयका  प्रधानाध्यापक खेमराज पाण्डे  लगायतले बोल्नु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस