स्थानिय

काग्रेसको सक्रियता जारी, वडानम्वर २ मा संघर्ष समिति गठन

 तिलोत्तमा ।
तिलोत्तमामा नेपाली काग्रेस सक्रिय भएको छ । हरेक दिन कुनै न कुनै ठाउमा केही न केही कार्यक्रम काग्रेसले गरीरहेको छ । नगरपालिकाले लगाएका करको बिरोध देखि केन्द्रमा भएका गतिबिधि समेतको काग्रेसले तिलोत्तमामा बिरोध गरीरहेको छ । केही दिन अघि स्थानीय, प्रदेश तथा संघिय सरकारका गलत निणर्यको बिरोधमा वडा वडामा संघर्ष समिति गठन गर्ने काग्रेस तिलोत्तमाले निणर्य गरेपछी वडा तहमा संघर्ष समिति गठन हुन सुरु भएको छ ।
आज वडा नम्वर २ मा तिर्थराज शर्मा पौडेको संयोजकत्वमा २३ सदस्यीय संघर्ष समिति गठन भएको छ । समितिको उपसंयोजकमा पुर्ण बहादुर खत्री क्षेत्री  र सदस्यमा कुल प्रसाद पराजुली, अषिम थापा ,प्रेम भुसाल, शेर बहादुर पाण्डे, थानेश्वर घिमिरे, सुर्य प्रसाद पाण्डे, यदा क्षेत्री, मधुकला अर्याल, पार्वती थापा,राजेन्द्र पौडेल, भीम प्रसाद देवकोटा, मनोज खडका, भीमलाल पौडेल,उमाकान्त चापागाइ, रुपा खत्री, माया चपाई, कञ्चन देवकोटा, दिनानाथ ज्ञवाली,तिल प्रसाद भण्डारी र बिष्णु कुमार कार्की रहनु भएको छ ।
समिति गठनका लागि आयोजित भेलामा बोल्दै काग्रेसका जिल्ला सदस्य कृष्ण बहादुर गौतमले कम्युनिष्ट नेतृत्वको सरकारले जनताको बिपक्षमा एक पछी अर्को गर्दै निणर्य गर्न लागेकाले बाध्य भएर काग्रेस बिरोधमा उत्रीनु परेको बताउनु भयो ।
उहाले काग्रेसले अहिलेसम्म प्राप्त लोकतान्त्रिक अधिकारलाई कुनै पनि हालतमा गुम्न नदिन आवश्यक परे गाउ टोलबाट नै आन्दोलन गर्नुपर्ने भएकाले वडातहमा संघर्ष समिति गठन गर्न सुरु गरेको बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस