स्वास्थ्य/शिक्षा

नगरप्रमुख घिमिरेद्धारा भत्ताको रकमबाट छात्रबृत्ति बितरण, नगरवासीले गरे मुक्तकण्ठले प्रशंसा

तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भत्ता वापत प्राप्त भएको ३ लाख ८५ हजार रुपैया नगरपालिका भित्रका सामुदायिक बिद्यालयका गरीव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गर्नु भएको छ ।
आज अपरान्ह नगरपालिकाको कार्यालय परिसर मणिग्राममा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख घिमिरेले भत्ता वापतको रकमबाट नगरपालिका भित्र रहेका ४४ सामुदायिक बिद्यालयका एक एक जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नु भएको हो ।
कार्यक्रममा कक्षा १ र २ का बिद्यार्थीलाई प्रति व्यक्ति ६ जहार रुपैया, कक्षा ३ र ४ का बिद्यार्थीका लागि प्रति व्यक्ति ७ हजार रुपैया , कक्षा ५ र ६ का बिद्यार्थीका लागि प्रति व्यक्ति ८ हजार रुपैया, कक्षा ७ र ८ का बिद्यार्थीका लागि प्रति व्यक्ति ९ हजार रुपैया, कक्षा १० का बिद्यार्थीका लागि प्रति व्यक्ति १० हजार र कक्षा ११ का बिद्यार्थीका लागि प्रति व्यक्ति १७ हजार रुपैया प्रदान गरीएको थियो ।
यसरी छात्रबृत्ति पाउने बिद्यार्थीमा कक्षा १ मा अध्ययनरत  वडा नम्वर ३ सिमानगर स्थित हाम्रो सगरमाथा आधारभुत बिद्यालयका साहिल बिक,वडा नम्वर १४ टिकुलीगढ स्थित नमुना महिला बिद्यालयका काजल केवट, वडा नम्वर १६ जुठा स्थित कोटईमाई मिसुजु प्रा.बि का रुबिसा थारु, वडा नम्वर ९ नन्दनगर स्थित बिश्व शान्ति सामुदायिक बिद्यालयका निशा परियार, कक्षा २ मा अध्ययनरत वडा नम्वर १५ सखुवानी स्थित प्रगति सोमई आधारभुत बिद्यालयका सारिका यादव, कक्षा ३ मा अध्ययनरत वडा नम्वर ८ ज्योतिनगर स्थित ज्योति आधारभुत बिद्यालयका रोशनी थारु, वडा नम्वर १३ स्थित जनजागृति माबिका निशा सोमै र समेरी प्राबिका शित्तल नेपाली, वडा नम्वर १६ स्थित बोहीया आधारभुत बिद्यालयका निरज कवर, वडा नम्वर ११ स्थित नवज्योति शंकरमान आधारभुत बिद्यालयका रोनिस्का बिक, मक्रहर स्थित कोटीयामाई प्राथमिक बिद्यालयका पुजा कवर, मधवलीया स्थित मधवलीया माबिका समिक्षा सुनार, वडा नम्वर १३ स्थित वभनी भूपू सैनिक प्राबिका महिमा थारु, वडा नम्वर १ प्रगतिनगर स्थित सिद्धार्थ आधारभुत बिद्यालयका सरस्वती केवट र वडा नम्वर ६ पश्चिम पहुनी स्थित सत्यलक्ष्मि आधारभुत बिद्यालयका पार्वती न्यौपाने रहेका छन ।
त्यस्तै कक्षा ४ मा अध्ययनरत वडा नम्वर ९ तुल्सीपुर स्थित गौतम बुद्ध आर्दश शिशु सदनका बिनीता सुनारी, वडा नम्वर ६ स्थित मेदनी आधारभुत बिद्यालयका सचिता चौधरी, रेहरा स्थित सरस्वती निमाबिका सन्तोषी केवट, वडा नम्वर ११ स्थित गणेश आधारभूत बिद्यालयका प्रतिमा थारु, वडा नम्वर १२ स्थित सरस्वती आधारभूत बिद्यालयका अर्जुन कुमाल र भलवारी स्थित प्रभात आधारभूत बिद्यालयका दिनेश लोहार, कक्षा ५ मा अध्ययनरत वडा नम्वर १३ स्थित जनता माबिका भीम पछाई, वडानम्वर ८ स्थित जनभावना माबिका सुलभ परियार र कुञ्जलापुर स्थित उमा आधारभूत बिद्यालयका प्रिया श्रेष्ठले छात्रबृत्ति प्राप्त गरेका छन ।
यसैगरी कक्षा ६ मा अध्ययनरत मणिग्राम स्थित शान्ति नमुना माबिका सुप्रिया चापागाई,मोहनजोता स्थित जनता माबिका आयुष परियार र मुडापारी स्थित बालकल्याण निमाबिका दीपा सुनार कक्षा ७ मा अध्ययनरत योगिकुटी स्थित जनजागृति माबिका गिता पौडेल, पहुनी स्थित पश्चिम पहुनी माबिका सलिना शर्मा, वडा नम्वर ११ स्थित भुल्के माबिका सुस्मिता सुनार, वडा नम्वर १७ स्थित वरवलीया माबिका एलिना लम्साल, बाल बिकास निमाबिका सिमा थारु र टिकुलीगढ स्थित दुर्गा सस्कृत बेद बेदागं बिद्यापिठका प्रमोद खनाल रहेका छन ।
त्यस्तै कक्षा ८ मा अध्ययनरत वडा नम्वर १ नया मिल स्थित दुर्गा बैदिक सस्कृत बिद्यापिठका दामोदर उपाध्याय, वडा नम्वर ७ स्थित सेमराबजार माबिका बल बहादुर खण्डालुर वडा नम्वर १४ स्थित दर्गा माबिका निशान थापा, कक्षा ९ मा अध्ययनरत  वडा नम्वर १० स्थित जनहित माबिका देवका गैरे र वडा नम्वर ४ स्थित जनज्योति माबिका सन्देश भट्टराई तथा कक्षा १० मा अध्ययनरत वडा नम्वर २ स्थित शंकरनगर दुर्गादत्त माबिका दुर्गा जैशी रहेका छन । त्यस्तै कक्षा ११ मा अध्ययनरत वडा नम्वर १० स्थित गौतम बुद्ध माबिका दृष्टि राना, वडा नम्वर ११ स्थितशिवपुर माबिका कविता पौडेल, वडा नम्वर १५ स्थित पशुपति माबिका सुदा न्यौपाने, वडा नम्वर १४ स्थित टिकुलीगढ माबिका सन्देश यादव र वडा नम्वर ५ स्थित गिर्वाण सस्कृत बिद्यालयका सुरज ढकाल रहेका छन ।
छात्रबृत्ति बितरण कार्यक्रममा बोल्ने  नेपाली काग्रेसका नगर सभापति हरीलाल पाण्डे, नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , शिक्षा प्रमुख तथा उपसचिव हरी ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल, पत्रकार डायलसन अधिकारी र इन्दिरा अर्याल, शान्ति नुमना माबिका प्राचार्य कुल प्साद लामिछाने,अभिभावक नारायण ज्ञवाली लगायतले नगरप्रमुख घिमिरेले भत्ता वापतको रकम गरीव बिद्यार्थीको शिक्षामा खर्च गर्नु भएकोमा मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।
नगर उपप्रमुख जागेश्वरी चौधरीको सभापतित्व र बिद्यालय निरीक्षक सुदीप गिरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाको शिक्षाको गुणस्तर सुधार गर्न आफैले लगानी गरेर सुरुवाद गरेको बताउनु भयो ।

आफनो मासिक भत्ता शिक्षा क्षेत्र त्यसमा पनि बिद्यार्थीको पढाईमा खर्च गर्ने घोषणा गर्नु भएका नगरप्रमुख घिमिरेले ५ वर्षसम्म नै छात्रबृत्ति बितरणलाई निरन्तरता दिने बताउनु भयो । उहाले ३ वर्ष भित्र तिलोत्तमामा रहेका ुसामुदायिक बिद्यालयलाई सस्थागत बिद्यालयको स्तरमा रुपान्तरण गर्ने प्रतिवद्धता दोहोर्याउनु भयो । उहाले सामुदायिक बिद्यालयको पुर्वाधार बिकासका लागि यस बर्ष प्रत्येक बिद्यालयलाई न्युनतम २ लाख रुपैया बिनीयोजन गरेको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस