स्थानिय

लुम्बिनी टेलिभिजनको स्थापना दिवस : पराजुली र माईला बा सम्मानित

बुटवल।
विकासका लागि सूचना तथा सञ्चार अभियान इम्मोड नेपालद्वारा सञ्चालित लुम्बिनी टेलिभिजनले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । आज एक समारोहबीच बुटवलस्थित कालिकानगरमा स्थापना दिवस सम्पन्न भएको हो ।
 दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै प्रदेश नम्बर पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सूचना तथा प्रविधि ऐन बनाउने बताउनु भयो । मन्त्री केसीले यही चौमासिक भित्र सूचना तथा प्रविधि ऐन ल्याउने प्रतिवद्वता जनाउनु भयो।
उहाले १२ वटा कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउंदै कम्तीमा पांच वर्षमा खुशीको यात्रामा जनतालाई प्रवेश गराउनेगरी प्रदेश सरकारले काम गरेको बताउनु भयो ।
 मन्त्री केसीले प्रदेशको उन्नतीका लागि विवाद गर्न नहुने उल्लेख गर्दै प्रदेशको पहिचानका लागि  मिडियाको भूमिका अहम हुने बताउनु भयो ।
नेपाली कांगे्रस प्रदेश नम्बर पांचका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले निडर भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले स्थानीय, प्रदेश र संघीय सरकारले गरेका गलत कामको सञ्चारकर्मीहरुले कलम नचलाए सरकारहरु निरंकुश हुन सक्ने बताउनुभयो । प्रदेशसभा सदस्य तथा लुम्बिनी टेलिभिजनका पूर्व अध्यक्ष विष्णु पन्थीले सञ्चारका कारण संसार सागुरो गएकाले अब सञ्चार बिना दुनिया ठप्प हुने बताउनु भयो ।
सूचना प्रविधिको विकाससंगै सञ्चारको भूमिका बढेकाले जनतालाई सचेत गराउन सञ्चारकर्मी र मिडियाहाउसहरु जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यहांका स्थानीय मिडियाहरु स्थानीयm सरकारका सञ्चार मन्त्रालयहरु भएको बताउनु भयो।
उहाले राज्यलाई उत्तरदायी बनाउन, जनतालाई जिम्मेवार बनाउन र भ्ष्टाचारलाई शुन्यमा ल्यान मिडियाको भूमिका बढेको बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले समाचारको गहिराईमा पुगेर सत्थतथ्य समाचार सम्पे्रष गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले गणतन्त्र स्थापना गर्न र समाजलाई सचेत गराउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।
पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसीले सञ्चार क्षेत्रको विकाससंगै नयांनयां चुनौती अवसरहरु रहेकाले अवसरालाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलमले टेलिभिजनको पहुंचलाइृ प्रदेशका हरेक गाउंहरमा पुराउने बताउने भयो । उहाले आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहसंग सहकार्य गरिने र कतिपय तिक्ततामा अपरदारी पनि गरिने बताउनु भयो ।
 लुम्बिनी टेलिभिजनका अध्यक्ष  आलमको अध्यक्षता र महासचिव दिनेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सोही कार्यक्रममा टेलिभिजनका सम्वाददाता विकास पराजुली र कार्यक्रम संयोजक विष्णु जी पाण्डे माईला बा लाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस