स्वास्थ्य/शिक्षा

तिलोत्तमामा इन्भाइरन्मेन्ट साइन्स पढाई हुने

बुटवल ।
बिज्ञान र व्यवस्थापन क्षेत्रमा पश्चिम नेपालको उत्कृष्ट क्याम्पसका रुपमा स्थापित तिलोत्तमा क्याम्पसले यसै शक्षिक शत्र देखि विएस्सी इन्भाइरन्मेट साइन्सका कक्षा संचालन गर्ने भएको छ । पोखरा विश्व विद्यालयबाट संवन्धन लिएर स्नातक तहको इन्भाइरन्मेट साइन्सका कक्षा संचालन गर्न लागेको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
क्याम्पसका अध्यक्ष रामचन्द्र ढकालले पछिल्लो समयमा विकास निमार्णका कार्य गर्दा वातावरण विज्ञको आवस्यकतालाई मध्यनगर गरी क्याम्पसले यस प्रकारको पठनपाठनलाई अगाडि बढाएको बताउनुभयो । वतावरण मैत्री विकास निमार्णलाई व्यवहारिक बनाउन वि।एस्सी इन्भाइरन्मेट साइन्सका  विद्यार्थिबाट सम्भाव हुने हुदा यसको ठूलो स्कोप रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा क्याम्पसका प्राचार्य आर सि आचार्यले क्याम्पसमा संचालन हुने वातावरण विज्ञान विषय प्रयोगात्मक तथा व्यवहारिक भएको बताउनुभयो । नारायणी पश्चिममा पहिलो पटक तिलोत्तमामा क्याम्पसका स्नातक तहमा वातावरण विज्ञानको कक्षा संचालन गर्न लागिएको जनाकारी गराउनुभयो ।
वातावरण विज्ञान अध्ययनका लागि प्स टु मा कम्तिमा सी ग्रेड ल्याइ विज्ञान संकाय उत्रिण गरेको हुनुपर्ने आचार्यले जानाकारी दिनुभयो । उहाले ४८ जनाको कोटा रहेको चार वर्षै स्नातक तह वातावरण विज्ञन सेमेष्टर प्रणालीमा संचालन हुने बताउनुभयो । ५ जनाका लागि छात्रवृति निर्धारण गरिएको स्नातक कार्यक्रममा दुइ जिपिए भन्दा माथिको प्लस टु साइन्स पास विद्यार्थीले पढ्न पाउने छन ।  विषय अध्यापनका लागि यस क्षेत्र तथा बाहिरबाट समेत शिक्षक ल्याइ उत्कृष्ट नतिजा दिने प्राचार्य आचार्यको भनाई छ ।
यस क्षेत्रकै उत्कृष्ट नतिजा दिन सफल तिलोत्तमामा हाल ६७ शिक्षक कर्मचारी रहेको तथा दुइ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस